News Griha :: न्यूजगृह
संसद् सञ्चालन गर्न दलहरूबीच दुईबुँदे सहमति, हस्ताक्षर हुँदै 

काठमाडौं—  संसद्को गतिरोध अन्त्यका लागि दलहरूबीच दुईबुँदे सहमति भएको छ ।

सिंहदरबारमा बसेको बैठकमा नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा र जनता समाजवादी पार्टीका नेताहरू उपस्थित थिए ।

बैठकमा सहभागी एक नेताका अनुसार दुई बुँदे सहमतिको मस्यौदा तयार भएको छ । केहीबेरमा औपचारिक रुपमा हस्ताक्षर हुनेछ । सुन तस्करी प्रकरणमा उच्चस्तरीय आयोग गठनको माग गर्दै एमालेले गत साउन १० देखि संसद् बैठक अवरुद्ध गर्दै आएको छ ।

संसद्को अर्को बैठक बुधबार तीन बजेका लागि बोलाइएको छ ।

प्रकाशित मिति: बुधबार, भदौ ६, २०८०  १३:३६
Weather Update