कांग्रेस सभापति देउवाले गरे अनुशासन समितिमा सदस्यहरू मनोनीत
काठमाडौं— नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको विधान बमोजिम केन्द्रीय सदस्य आनन्दप्रसाद ढुंगानाको संयोजकत्वमा गठित ‘केन्द्रीय अनुशासन समिति’ मा सदस्यहरू मनोनीत गरेका छन् ।
सभापति देउवाले मंगलबार समितिको सदस्यहरूमा पार्टीका केन्द्रीय सदस्यहरू ईश्वरी न्यौपाने, ध्रुव वाग्ले, सञ्जयकुमार गौतम र राजीव कोइरालालाई मनोनयन गरेको पार्टी कार्यालयले जनाएको छ ।
त्यसैगरी पार्टीको विधान बमोजिम कांग्रेसको केन्द्रीय निर्वाचन समितिको रिक्त रहेको संयोजक पदमा अधिवक्ता खम्मबहादुर खातीलाई नियुक्त गरिएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
प्रकाशित मिति: मंगलबार, भदौ ५, २०८० १८:४७













