News Griha :: न्यूजगृह
सुन तस्करीको छानबिन गर्न असोजमा जाँचबुझ आयोग

काठमाडौं— संसद्मा रहेका प्रमुख दलहरूबीच अहिलेसम्म भएका सुन तस्करीको छानबिन र अध्ययन गर्न जाँचबुझ आयोग गठन गर्ने सहमति भएको छ ।

सहमतिअनुसार गत साउनमा ‘ब्रेक शु’मा लुकाएर ल्याएको ६० केजी बढी सुन तस्करीबारे प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले अनुसन्धान सकेलगत्तै सरकारले जाँचबुझ आयोग बनाउनेछ ।

Prabhu Bank

सुन तस्करीमा भइरहेको अनुसन्धानमाथि प्रश्न उठाउँदै प्रमुख प्रतिपक्षी नेकपा एमालेले गत साउन १० देखि संसद् अवरुद्ध गर्दै आएको थियो । संसद्मा प्रतिनिधित्व गर्ने राष्ट्रिय दलहरूबीच भएको सहमतिको पहिलो बुँदामा भनिएको छ, ‘केन्द्रीय अनुसन्धान ब्युरोले निष्पक्ष अनुसन्धान, छानबिन गरी सुन तस्करीमा संलग्न व्यक्तिहरूलाई अभियोजन गर्ने छ ।’

साथै इलेक्ट्रिक सिगरेट(भेप्स) मा राखेर ल्याएको सुन, ‘ब्रेक शु’मा लुकाएर ल्याएको सुन लगायतका तस्करीको छानबिन अनुसन्धानबारे अध्ययन गर्ने र संरचनागत तथा कानुनी सुधारका लागि सुझाव दिने गरी जाँचबुझ आयोग बनाउने सहमति पनि भएको छ ।

सहमतिमा भनिएको छ, ‘जाँचबुझ आयोग ऐन २०२६ बमोजिम २०८०-०६-०५ गते नेपाल सरकारले आयोग गठन गरी त्यसै दिनदेखि आयोगले कार्य प्रारम्भ गर्ने छ ।’

हेर्नुहोस् सहमति 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: बुधबार, भदौ ६, २०८०  १४:४१
Weather Update