News Griha :: न्यूजगृह
एकीकृत समाजवादीको बैठक सुरु

काठमाडौं— नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक सुरु भएको छ । मङ्गलबारदेखि बालकुमारीमा सुरु भएको उक्त बैठक बाँकी छलफलका लागि बुधबार पुनः बसेको हो । 

पार्टी अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा बैठकमा आजदेखि केन्द्रीय सदस्यले आ–आफ्नो धारणा राख्ने प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए । बैठकमा अध्यक्ष नेपालले आफ्नो प्रतिवेदन पेस गर्दै एमालेसँग विद्रोह गर्नुको औचित्य, अन्तर्राष्ट्रिय परिस्थिति, भूराजनीतिक परिस्थिति, आजको राजनीतिक परिस्थिति, नेपाली समाजको विशिष्ट अवस्थालगायत बारे चर्चा गरेका थिए । 

भदौ ७ गतेसम्म चल्ने सो बैठकले महाधिवेशनको मिति र स्थान तय गर्नेछ । 

प्रकाशित मिति: बुधबार, भदौ ६, २०८०  १०:१४
Weather Update