एमालेसँगको विद्रोह ठिक थियो : माधव नेपाल

काठमाडौं— नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले आफ्नो पार्टीका कारण ठूलो परिवर्तन आएको बताएका छन् ।
मंगलबार ललितपुरस्थित बालकुमारीमा सुरु भएको छैटौँ केन्द्रीय कमिटीको बैठकमा बोल्दै उनले आफ्नो पार्टीको परिवर्तनबारे आफ्नो धारणा पेश गरेका हुन् ।
‘असम्भव भनिएको कुरालाई सम्भव बनाएका छौँ, पार लाग्दैन भनेको कुरालाई पार लगाएर आएका छौँ,’ उनले भने, ‘नेकपा एमालेमा विद्रोह गर्नु ठिक थियो, अहिले यो पुष्टि भएको छ ।’
अध्यक्ष नेपालले एमालेबाट विद्रोह गरी बनाएको पार्टी ठिक भएको बताउँदै आफूहरूले आँट गरेको दाबी गरे ।
प्रकाशित मिति: मंगलबार, भदौ ५, २०८० १२:२३













