News Griha :: न्यूजगृह
केपी ओली पक्राउ पर्दैछन् : नेता चौधरी

काठमाडौं— सत्तारुढ नेकपा एकीकृत समाजवादी प्रमुख सचेतक मेटमणि चौधरीले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली यही वर्ष पक्राउ पर्ने दाबी गरेका छन् ।

नेता चौधरीले अध्यक्ष ओली सुन तस्करीमा पनि संलग्न रहेको आरोप लगाए । उनले सबै काण्डहरूमा अग्रपंक्तिमा केपी ओलीको नाम आए पनि किन पक्राउ नगरेको ? भनेर गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई आफूले प्रश्न गरेको बताए । पक्राउ पर्ने डरले अध्यक्ष ओलीले संसद अवरुद्ध गरिहेको उनको आरोप थियो ।

‘मैले राष्ट्रपति निवासमा आज गृहमन्त्रीसँग भने सारा दुनियाँले विश्वभरका मानिसले नेपालको होइन, यो सुन काण्डमा केपी ओलीको नाम आइसकेको छ, केपी ओली जोडिसकेको छ, जति काण्ड छन्, सबै काण्डमा केपी ओली एक नम्बरमा छन्,’ उनले भने, ‘गृहमन्त्रीलाई किन पक्राउ परेका छैनन् भनेर सोधिरहेका छौँ, केपी ओली चाँडै पक्राउ पर्दैछन् ।’

प्रमुख सचेतक चौधरीले आफूले जे बोल्ने त्यो हुने र आफूले बोलेअनुसार राजनीतिक कोर्ष अघि बढ्ने ठोकुवा गरे ।
 

प्रकाशित मिति: मंगलबार, भदौ ५, २०८०  १८:०१
Weather Update