News Griha :: न्यूजगृह
संसद बैठक स्थगित, अर्को बैठक ६ गते बस्ने
फाइल तस्बिर

काठमाडौं— प्रतिनिधि सभाको बैठक पुनः स्थगित भएको छ । मंगलबार दिउँसो ३ बजे बस्ने गरी बोलाइएको बैठक स्थगित भएको हो ।

बैठक विशेष कारणले बस्न नसक्ने भएकाले प्रतिनिधि सभा नियमावली, २०७९ को नियम ६ को उपनियम (३) बमोजिम सारिएको संघीय संसदको महासचिव डा. भरतराज गौतमले जानकारी दिए । अर्को बैठक भदौ ६ गते बुधबार दिउँसो ३ बजे बस्ने गरी निर्धारण गरिएको छ ।

प्रकाशित मिति: मंगलबार, भदौ ५, २०८०  १५:१४
Weather Update