प्रधानमन्त्री प्रचण्डले बोलाएको सर्वदलीय बैठक सर्योसोमबार, भदौ ४, २०८०

कोशीमा प्रदेश सभा बैठक जारी, माओवादीले माग्यो मुख्यमन्त्रीका लागि विश्वासको मत सोमबार, भदौ ४, २०८० बैठकमा बोल्दै नेकपा माओवादी कोशी प्रदेशको संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले मुख्यमन्त्रीका लागि विश्वासको मत मागेका छन् ।

मन्त्री खड्का र प्रमुख निर्वाचन आयुक्तबीच निर्वाचनबारे छलफल सोमबार, भदौ ४, २०८० कैलाली जिल्ला समन्वय समिति प्रमुखको स्थान रिक्त छ । यसैगरी, दैलेखको महाबु गाउँपालिकाको अध्यक्ष, दोखला गौरिशंक गाउँपालिकाको उपाध्यक्ष र विभिन्न स्थानका १५ जना वडाध्यक्षको पद रिक्त छ ।

कोशीका मुख्यमन्त्रीले विश्वासको मत लिने, एमालेका यी सांसद अनुपस्थित हुने सोमबार, भदौ ४, २०८० विश्वासको मत लिनका लागि प्रदेश सभाको बैठक दिउँसो ३ बजे बस्ने गरी बोलाइएको प्रदेश सभा सचिव गोपालप्रसाद पराजुलीले जानकारी दिए । प्रदेश सभाको बैठक इस्राइल मन्सुरीले सञ्चालन गर्ने भएका छन् । उनी नेपाली कांग्रेसका सांसद हुन् ।
गगन थापाले भने : पहिचानको आधारमा प्रदेशको नामाकरण भए द्वन्द्व हटाउन सक्छौँ सोमबार, भदौ ४, २०८० उनले पहिचानको आधारमा प्रदेशको नामाकरण गर्दा समाजको द्वन्द्वलाई केही समयसम्म रोक्न सकिने स्व. गिरिको विचार कांग्रेस जस्तो मूल राजनीतिक पार्टीले प्राथमिकतामा राख्नु पर्ने बताए । उनले स्व. गिरिको विचारलाई जम्मा गरेर कांग्रेसले राख्ने हो भने २० वर्षसम्म कांग्रेसमा आउने समस्या सहजै समाधान गर्न सकिने बताए ।

कोशीका मुख्यमन्त्री थापाको पद संकटमा, विश्वासको मत लिन कठिन सोमबार, भदौ ४, २०८० मुख्यमन्त्री उद्धव थापाले सोमबार दिउँसो १ बजे बोलाइएको बैठकमा विश्वासको मत लिने कार्यसूची रहेको छ । तर, उपसभामुख दनुवारले बिहान ८ बजेका लागि कार्य व्यवस्था परामर्श समितिको बैठक बोलाएर काठमाडौं आएकी छन् ।

कर्णालीमा माओवादीले टुङ्ग्यायो कार्य विभाजन, कसले के जिम्मेवारी पाए ? सोमबार, भदौ ४, २०८० माओवादी केन्द्रको साउन १७ देखि २१ गतेसम्म बसेको केन्द्रीय समितिको निर्णय बमोजिम अन्तर जिल्ला हेर्ने गरी केन्द्रीय सदस्यहरूको जिम्मेवारी हेरफेर गरिएको हो । कर्णालीमा माओवादीले प्रदेशभित्रका सबै नगरपालिका र गाउँपालिका हेर्ने गरी जिम्मेवारी तोकेको छ ।

मन्सुरीलाई बैठक चलाउने जिम्मेवारी दिएर काठमाडौं आइन कोशीकी उपसभामुख सोमबार, भदौ ४, २०८० सोमबार बिहान ८ बजे बस्नेगरी कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएकी उपसभामुख दनुवारले उपसभामुखको अनुपस्थितिमा ज्येष्ठ सदस्यले बैठक चलाउने प्रावधानअनुसार मन्सुरीलाई पत्राचार गरेर बैठकको चलाउने जिम्मेवारी तोकेकी हुन् । पत्रमा उनले आफ्नो स्वास्थ्यमा अचानक समस्या आएकाले काठमाडौं जानु परेकाले बैठकमा उपस्थित हुन नसक्ने बताएकी छन्। कोशीमा सभामुख र उपसभामुखको अनुपस्थितिमा बैठक...

प्रदेश सभा बैठक छल्न कोशीका उपसभामुख काठमाडौंमा, सङ्कटमा सरकार सोमबार, भदौ ४, २०८० थापाले सोमबार विश्वासको मत लिने कार्यसूची छ । तर पार्टी निर्देशनमा उपसभामुख दनुवार काठमाडौं आएकी हुन् । नेकपा एमालेबाट निर्वाचित उपसभामुख दनुवार बिहान यती एअरलाइन्सको पहिलो उडानबाट काठमाडौं आएकी हुन् । सत्ता गठबन्धनका तर्फबाट मुख्यमन्त्री बनेका थापाको पक्षमा सामान्य बहुमत मात्र समर्थन छ ।

समाजवादी मोर्चाले ७ वटै प्रदेशमा बृहत् सभा गर्ने, मिति पनि तोकियो सोमबार, भदौ ४, २०८० एकीकृत समाजवादीका उपाध्यक्ष प्रमेश हमालका अनुसार मोर्चाको बैठकले ८ गते वीरगन्ज, १२ गते बुटवल, १३ गते धनगढीमा, १४ गते सुर्खेत, १५ गते पोखरा, २३ गते हेटौंडा र २५ गते विराटनगरमा सभा गर्ने निर्णय गरेको छ ।

राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिनाले बोलाए कार्यव्यवस्था परामर्श समितिको बैठक सोमबार, भदौ ४, २०८० राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् ।

समाजवादी मोर्चाको बैठक जारी, यी विषयमा छलफल सोमबार, भदौ ४, २०८० समाजवादी मोर्चाको बैठक नेकपा एकीकृत समाजवादी पार्टीको केन्द्रीय कार्यालय आलोकनगरमा जारी छ । आइतबारका लागि तय भएको मोर्चाको बैठक सोमबार बसेको हो ।

एकीकृत समाजवादीको पोलिटब्युरो बैठक बस्दै सोमबार, भदौ ४, २०८० नेकपा एकीकृत समाजवादीको पोलिटब्युरो बैठक सोमबार पनि बस्दैछ । आइतबारबाट सुरु बैठक पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बिहान ११ बजे बस्नेछ ।









