News Griha :: न्यूजगृह
एकीकृत समाजवादीको पोलिटब्युरो बैठक बस्दै 

काठमाडौं— नेकपा एकीकृत समाजवादीको पोलिटब्युरो बैठक सोमबार पनि बस्दैछ । आइतबारबाट सुरु बैठक पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बिहान ११ बजे बस्नेछ ।

यसअघि तय भएका ७ एजेन्डामाथि आइतबारको बैठकमा २६ जना पोलिटब्युरो सदस्यले धारणा राखेका थिए । 

आइतबारको बैठकमा बोल्दै अध्यक्ष माधव नेपालले अगाडि आइपर्ने सबै खालका गम्भीर चुनौतीको सामना गर्न तयार भएर आफूहरूले नयाँ पार्टी बनाएको बताए ।

उनले कम्युनिस्टमा सबैभन्दा उत्तम विकल्प एकीकृत समाजवादी भएको दाबी गरे । कम्युनिस्ट आन्दोलनको रक्षा गर्न आफूहरू प्रतिबद्ध रहेको अध्यक्ष नेपालकाे भनाइ थियाे ।

प्रकाशित मिति: सोमबार, भदौ ४, २०८०  ०७:३७
Weather Update