मन्त्री खड्का र प्रमुख निर्वाचन आयुक्तबीच निर्वाचनबारे छलफल

काठमाडौं— उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्का र प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपिलयाबीच भेटघाट भएको छ ।
भेटमा निर्वाचनसम्बन्धी आवश्यक कानुनबारे छलफल भएको उपप्रधानमन्त्री खड्काको सचिवालयले जनाएको छ ।
उनीहरूबीच प्रदेश र स्थानीय तहमा रिक्त भएका स्थानमा उपनिर्वाचन गर्ने विषयमा छलफल भएको थियो ।
हाल प्रदेश सभातर्फ सुदूरपश्चिम प्रदेशको बझाङ प्रतिनिधि सभा-१ प्रदेश सभा ‘क’ रिक्त छ भने विभिन्न स्थानीय तहमा १८ पद रिक्त छन् ।
हाल कैलाली जिल्ला समन्वय समिति प्रमुखको स्थान रिक्त छ । यसैगरी, दैलेखको महाबु गाउँपालिकाको अध्यक्ष, दोखला गौरिशंक गाउँपालिकाको उपाध्यक्ष र विभिन्न स्थानका १५ जना वडाध्यक्षको पद रिक्त छ ।
प्रकाशित मिति: सोमबार, भदौ ४, २०८० १५:०९













