समाजवादी मोर्चाको बैठक जारी, यी विषयमा छलफल

काठमाडौं— समाजवादी मोर्चाको बैठक नेकपा एकीकृत समाजवादी पार्टीको केन्द्रीय कार्यालय आलोकनगरमा जारी छ । आइतबारका लागि तय भएको मोर्चाको बैठक सोमबार बसेको हो ।
बैठकमा संसदमा जारी अवरोध, ७ वटै प्रदेशमा मोर्चाले गर्ने भनिएको कार्यक्रमलगायतका विषयमा छलफल भइरहेको मोर्चा घटक दल तथा नेकपामा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले जनाएको छ ।
मोर्चाको गत असार ३० गते बसेको बैठकले ४–४ महिनामा नेतृत्व फेरिने, मोर्चाको सदस्य सचिव एकीकृत समाजवादीका उपाध्यक्ष प्रमेश हमाल रहने निर्णय गरेको थियो । हाल मोर्चाको संयोजक एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल रहेका छन् ।

प्रकाशित मिति: सोमबार, भदौ ४, २०८० ०८:४२













