News Griha :: न्यूजगृह
प्रधानमन्त्री प्रचण्डले बोलाएको सर्वदलीय बैठक सर्‍यो

काठमाडौं— संसद् गतिरोध अन्त्य गर्नका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बोलाएको सर्वदलीय बैठक सरेको छ ।

अपरान्ह ४ बजेका लागि बोलाइएको बैठक साँझ ७ बजेको लागि सारिएको प्रधानमन्त्री प्रचण्डको सचिवालयले जनाएको छ । प्रधानमन्त्री प्रचण्ड सुर्खेत पुगेकाले मौसम खराबीका कारण फर्किन ढिलाइ हुँदा बैठकको समय परिवर्तन गरिएको सचिवालयले जनाएको छ ।  गत साउन १० गतेदेखि संसद् चल्न सकेको छैन ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउनु पर्ने माग गर्दै निरन्तर संसद् अवरोध गरिरहेको छ । 

प्रकाशित मिति: सोमबार, भदौ ४, २०८०  १६:२५
Weather Update