राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिनाले बोलाए कार्यव्यवस्था परामर्श समितिको बैठक

काठमाडौं— राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् ।
अध्यक्ष तिमिल्सिनाले सोमबार दिउँसो १ बजेर १ मिनेटमा अध्यक्षको सभाकक्ष सिंहदरबारमा बस्ने गरी बैठक बोलाएको उनको सचिवालयले जानकारी दिएको हो ।
सचिवालयका अनुसार बैठकमा राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने दलका प्रमुख सचेतकहरू सहभागी हुनेछन् । सो बैठकमा संसदको गतिरोध अन्त्यको विषयमा छलफल हुनेछ ।
राष्ट्रिय सभाको बैठक मंगलबार दिउँसाे १ः०१ बजे बस्दैछ ।
प्रकाशित मिति: सोमबार, भदौ ४, २०८० ०८:५४













