कोशी सरकारविरुद्धको रिट पेसीमा

काठमाडौं— कोशी सरकारविरुद्ध नेकपा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले दायर गरेको रिट बिहीबारका पेसी तोकिएको छ ।
सर्वोच्च अदालतमा पूर्वमुख्यमन्त्री कार्कीले बुधबार रिट दर्ता गरेका थिए । उनले दर्ता गरेको रिटमा बिहीबार पेसी तोकिएको हो ।
प्रदेश सभाका सभाध्यक्षले समेत मतदान गरी विश्वासको मत लिनु संविधान र सर्वोच्चको आदेशविपरीत भन्दै कार्कीले परमादेशको माग गरी रिट दर्ता गरेका थिए ।
कोशीमा मुख्यमन्त्री उद्धव थापाले भदौ ४ गते विश्वासको मत लिएका थिए । यस क्रममा उनले सभाध्यक्षको समेत विश्वासको मत लिएका थिए ।
यसअघि नै मुख्यमन्त्री थापाले सभामुखको मत लिँदै विश्वासको मत लिँदा सर्वोच्च अदालतले पद खारेज गरिदिएको थियो ।
प्रकाशित मिति: बिहीबार, भदौ ७, २०८० ०९:४५