पूर्वप्रधानमन्त्रीहरू कानुनभन्दा माथि देखिए : स्वतन्त्र सांसद सिंह

काठमाडौं— स्वतन्त्र सांसद अमरेश कुमार सिंहले देशमा संविधानले कानुनभन्दा माथि कसैलाई नराखेको भएता पनि व्यवहारमा त्यो नदेखिएको बताएका छन् ।
बिहीबार बसेको प्रतिनिधि सभाको बैठकमा सांसद सिंहले ललिता निवासको प्रकरणमा पूर्वप्रधानमन्त्रीहरूको घरमै गएर बयान लिएको भन्दै उनले ठूलाबडाका लागि व्यवहारमा समान कानुन नदेखिएको बताएका हुन् ।
‘कानुनभन्दा माथि बस्न संविधानले कसैलाई दिएको छैन, तर व्यवहारमा भइरहेको छैन, ललिता निवास प्रकरणमा दुई जना पूर्वप्रधानमन्त्रीलाई घरमा गएर बयान लिने त्यो आम जनतालाई उपलब्ध हुन्छ कि हुँदैन् ?,’ उनले भने, ‘यो कस्तो कानुनी राज्य हो ? कि ठूलाबडाका लागि एउटा कानुन र संविधान छ भनी पढ्न पाउँ ।’
केही दिनअघि मात्रै ललिता निवास प्रकरणमा पूर्वप्रधानमन्त्रीहरू बाबुराम भट्टराई र माधव नेपालको निवासमा पुगेर सीआईबी बयान लिएको थियो ।
प्रकाशित मिति: बिहीबार, भदौ ७, २०८० १६:२०