News Griha :: न्यूजगृह
एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक बस्दै, केन्द्रीय सदस्यहरूले बोल्ने

काठमाडौं— नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटीको बैठक बस्दै छ । गत मंगलबारबाट सुरु भएको बैठकमा बिहीबार बाँकी केन्द्रीय सदस्यहरूले आआफ्नो धारणा राख्नेछन् । बैठक बिहान ८ बजे बस्नेछ ।

बुधबारको बैठकमा ८१ जनाले आआफ्नो धारणा राखेको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।

अध्यक्ष माधव नेपालले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरूले धारणा राख्ने क्रम नसकिएपछि बैठक बिहीबार पनि नियमित हुन लागेको हो ।

केन्द्रीय सदस्यहरूले राखेको धारणामा बिहीबार नै अध्यक्ष नेपालले जवाफ दिएर बैठक समापन गरिँदै छ । 

प्रकाशित मिति: बिहीबार, भदौ ७, २०८०  ०७:१८
Weather Update