News Griha :: न्यूजगृह
प्रतिनिधि सभाको बैठक बस्दै 

काठमाडौं— संघीय संसद् प्रतिनिधि सभाको बैठक बिहीबार बस्दै छ । बैठक दिउँसो १ बजे बस्ने संसद् सचिवालयले जनाएको छ । 

प्रतिनिधिसभाको बैठक करिब एक महिनापछि बुधबारबाट बसेको हो । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधका कारण साउन १० गतेबाट बैठक अवरुद्ध हुँदै आएको थियो ।

बुधबारको बैठकमा विश्वविद्यालय विधेयक २०८०, संसदीय समितिमा हेरफेर, संसदमा अनुपस्थित सांसदहरूको सूची पेस गरिएको थियो ।

प्रकाशित मिति: बिहीबार, भदौ ७, २०८०  ०६:२७
Weather Update