News Griha :: न्यूजगृह
सदनमा एमाले सांसदको माग : सरकार हरायो, खोजी गरी पाउँ !
फाइल तस्बिर

काठमाडौं— प्रतिनिधि सभाको बैठकमा नेकपा एमालेका सांसदले सरकार हराएको भन्दै खोजी गर्न माग गरेका छन् ।

एमाले सांसद सूर्य थापाले संसद सञ्चालन हुँदै गर्दा उठेर विरोध जनाएका थिए । यसै क्रममा सभामुख देवराज घिमिरेले प्रश्न गरे, ‘मान्य सदस्य किन उठ्न भा’छ ?’

सभामुखको प्रश्नपछि सांसद थापाले भने, ‘सरकार हरायो, यो सरकारको खोजी गरी पाउँ !, प्रधानमन्त्री र २४ जना मन्त्रीहरू सदनमा नदेखिनु यो सदनको अपमान हो ।’

सांसद थापाको प्रश्नसँगै सभामुख घिमिरेले मन्त्रीहरू संसद बैठकमा सहभागी भएको जानकारी गराएका थिए ।

 

प्रकाशित मिति: बिहीबार, भदौ ७, २०८०  १३:५२
Weather Update