News Griha :: न्यूजगृह
प्रधानमन्त्रीले संसदमा निर्वाचन आयोगको वार्षिक प्रतिवेदन पेस गर्ने

काठमाडौं— प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बिहीबार दिउँसो १ बजे बस्ने प्रतिनिधि सभा बैठकमा निर्वाचन आयोगको वार्षिक प्रतिवेदन पेस गर्ने भएका छन् ।

संघीय संसद् सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूची अनुसार प्रधानमन्त्री प्रचण्डले निर्वाचन आयोग नेपालको १५औं वार्षिक प्रतिवेदन २०७७/७८ तथा सोह्रौँ प्रतिवेदन २०७८/७९ पेस गर्नेछन् ।

प्रकाशित मिति: बिहीबार, भदौ ७, २०८०  ०७:३८
Weather Update