सरकार गम्भीर भएर भ्रष्टाचारको अनुसन्धानमा लागेको छ : शेखर कोइराला

काठमाडौं— नेपाली कांग्रेसका नेता शेखर कोइरालाले वर्तमान सरकार भ्रष्टाचारका घटनामा गम्भीर ढंगले अनुसन्धानमा लागेको दाबी गरेका छन् ।
बिहीबार जनकपुरधामस्थित नेपाली कांग्रेसको पार्टी कार्यालयमा सञ्चारकर्मीसँग कुराकानी गर्दै नेता कोइरालाले वर्तमान सरकारले सुन तस्करी, ललिता निवास, नक्कली भुटानी शर्नार्थी लगायतका काण्डहरूसुक्ष्म रुपले अनुसन्धान गरेको दाबी गरेका हुन् ।
उनले भने,‘वर्तमान सरकारले सुन तस्करी, ललिता निवास, नक्कली भुटानी शरणार्थीलगायतका काण्डहरू सुक्ष्म रुपले अनुसन्धान गरिरहेको छ ।’
उनले वर्तमान सरकार विघटन हुने सम्भावना नरहेको बताउँदै पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार तत्काल परिर्वतन नहुने बताए ।
प्रकाशित मिति: बिहीबार, भदौ ७, २०८० १८:३४