News Griha :: न्यूजगृह
सर्वोच्चको आदेशपछि सांसद घिमिरेले भने : कुरा पाँच करोडको होइन, हामी एक जुट हुनुपर्छ

काठमाडौं— नेपाली कांग्रेसमा सांसद श्यामकुमार घिमिरेले सर्वोच्च अदालतको आदेशको विरोध गरेका छन् ।

बिहीबार दिउँसो बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद घिमिरेले सांसद विकाश कोषबाट सांसदहरूलाई दिने पैसा हटाउन नपर्ने भन्दै विरोध जनाएका हुन् । सर्वोच्चले बुधबार निर्वाचन क्षेत्र विकासको बजेट तत्काल कार्यान्वयन नगर्न आदेश दिएको छ ।

‘हामी कतै एकअर्काको कार्य क्षेत्रभित्र प्रवेश गर्न खोजेको हैन, हिजोको सर्वाेच्चले गरेको फैसलाले मलाई अत्यन्तै दुःखी बनाएको छ, यो बजेट पनि एउटा अर्थ विधेयकका रुपमा आएको छ,’ उनले भने, ‘कुरा पाँच करोडको होइन, यो महत्वपूर्ण कुरा होइन, हामी एकअर्काको क्षेत्रभित्र प्रवेश गरे के हुन्छ ? भन्ने हो ।’

उनले पाँच करोड रुपैयाँ लिने विषय ठूलो नभएको बताउँदै आफूहरूको अधिकार भएको संकेत गरे । यसका लागि सबै सांसद एकबद्ध भएर उभिउनु पर्ने उनको माग थियो ।

प्रकाशित मिति: बिहीबार, भदौ ७, २०८०  १४:२१
Weather Update