प्रचण्ड र माधवले जनतालाई जुधाएको केपी ओलीको आरोप

काठमाडौं— नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र पूर्वप्रधानमन्त्री माधव नेपालले जनता जुधाएर ताली बजाउन खोजेको आरोप लगाएका छन् ।
काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले प्रचण्ड र माधवले जनजातिको नाममा हिंसा भड्काउन भूमिका खेलेको टिप्पणी गरे ।
उनले भने, ‘पूर्वाञ्चलमा विरोध गर्ने माओवादी र माधव नेपालका कार्यकर्ताहरू छन्, प्रचण्ड र माधव नेपालहरूले जनताहरूलाई गोरु जुधाए जसरी जुधाएर ताली बजाउन खोजिरहेका छन्, त्यो काम गर्न हुँदैन, नेपाली जनता लड्नु हुँदैन ।’
यस्तै, नेपालमा साम्प्रदायक विद्रोह भड्काउन माओवादीले आफ्नो जनयुद्धलाई अगाडि बढाउनका लागि हरेक जात, धर्म, क्षेत्र, पेशालाई उचालेर पहिचानको लडाईको नाममा जातिलाई भिडाएको उनको आरोप छ ।
प्रकाशित मिति: बिहीबार, भदौ ७, २०८० १५:०४