News Griha :: न्यूजगृह
संसदीय समिति सभापतिमा रास्वपाले उम्मेदवारी दिने
फाइल तस्बिर ।

काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो क्षमताले भ्याउने सबै विषयगत समितिमा सभापतिको उम्मेदवारी दिने निर्णय गरेको छ । 

शुक्रबार बसेको रास्वपाको संसदीय दलको बैठकले आफ्नो क्षमताले भ्याउने सबै  समिति सभापतिका लागि उम्मेदवारी दिने निर्णय गरेको हो । 

शुक्रबार सिंहदरबारमा बसेको पार्टीको संसदीय दलको बैठकपछि रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले ११ गते हुने संसदीय समितिको सभापतिका लागि क्षमताले पुग्ने सबै समितिमा उम्मेद्वारी दिने निर्णय भएको जानकारी दिए । 

उनले भने ‘ समिति सभापतिमा उम्मेदवारी दिनका लागि उम्मेदवार सहित प्रस्तावक र समर्थक गरी तीन जना अनिवार्य चाहिने भएकाले समितिमा नेतृत्वका लागि उम्मेदवारी दिने र क्षमता नपुग्ने समितिका लागि आन्तरिक छलफल गर्ने टुंगो भएको छ ।’ 

प्रमुख सचेतक परियारले निर्वाचन क्षेत्र विकास कार्यक्रममा विनियोजन विधेयकमा सरकारले छुट्याएको बजेटबारे सर्वोच्च अदालतबाट आएको आदेशको स्वागत गर्ने निर्णय गरेको जानकारी पनि दिए । 

प्रकाशित मिति: शनिबार, भदौ ९, २०८०  ०४:४४
Weather Update