News Griha :: न्यूजगृह
जातीय सद्भाव भड्काएर राजनीति गर्न लागेको रवि लामिछनेको आरोप

काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सामाजिक तथा जातीय सद्भाव भड्काएर राजनीतिको रोटी सेक्ने काम हुन लागेको आरोप लगाएका छन् । 

टोखा नगरपालिकामा शनिबार आयोजित पार्टीको भेलालाई सम्बोधन गर्दै सभापति लामिछानेले सामाजिक र जातिय सद्भाव कायम राख्न सबैलाई आग्रह गरे ।

धरान उपमहानगरपालिका भएको घटनालाई लक्षित गर्दै उनले देशका सबै धर्मलाई सम्मान गर्दै सद्भाव कायम गर्नु पर्ने बताएका हुन् ।

प्रकाशित मिति: शनिबार, भदौ ९, २०८०  ११:१३
Weather Update