News Griha :: न्यूजगृह
प्रधानमन्त्रीले जातीय द्वन्द्व निम्ताउने प्रयास गरिसक्नुभयो : नेता कोइराला

काठमाडौं— नेपाली कांग्रेस नेता डा. शेखर कोइरालाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मुलुकमा जातीय द्वन्द्व निम्त्याउने काम गरेको आरोप लगाएका छन् ।

शनिबार विराटनगरमा पत्रकारसँग बोल्दै उनले मुलुकमा धार्मिक खासियत लडाइरहेको परिस्थितिमा प्रधानमन्त्रीले जातीय द्वन्द्व निम्त्याउने काम गरिरहेको आरोप लगाए ।

उनले भने, ‘अहिलेको अवस्थामा जातीय द्वन्द्व निम्ताउने प्रयास प्रधानमन्त्रीले गरिसक्नु भएको छ, देशको परिस्थिति धार्मिक खासियत लडखडाएको छ ।’

त्यसैगरी, उनले सुन तस्करले विश्वलाई केन्द्रीत गराएको भन्दै मुलुक अन्तर्राष्ट्रिय तस्करहरूको अखडा बन्दै गएको टिप्पणी गरे ।  

प्रकाशित मिति: शनिबार, भदौ ९, २०८०  १५:२६
Weather Update