News Griha :: न्यूजगृह
क्रान्तिकारी बनौँला भनेर हातमा खुकुरी लिएर हिँड्यौँ : माधव नेपाल

काठमाडौं— नेकपा एकीकृत समाजवादी अध्यक्ष माधव नेपालले आफूहरू क्रान्तिकारी बन्न हातमा खुकुरी लिएर हिँडेको स्मरण गरेका छन् ।

काठमाडौंमा आयोजित पार्टी निकट अनेरास्ववियूको स्थायी कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले आफ्नो विद्यार्थी कालमा क्रान्तिकारी बन्न खुकुरी लिएर कसैलाई काट्न बसेको स्मरण गरेका हुन् ।

‘त्योबेला झापालीहरूमा उग्र वामपन्थी थियो, हामीहरू पनि एउटालाई काटेपछि बल्ल क्रान्तिकारी बनौँला भन्ने भयो, हातमा खुकुरी लिएर हिँड्यौँ,’ उनले भने, ‘त्यो दिनमा, त्यो मान्छे, हामीले कुरेर बसेको बाटो आएन, अनि बाँच्यो ।’

यस क्रममा अध्यक्ष नेपालले अहिलेको अवस्था आफूहरूको पालामा जस्तो नभएको बताउँदै पढ्नु पर्ने अवस्था आएको बताए ।

प्रकाशित मिति: शनिबार, भदौ ९, २०८०  १२:२३
Weather Update