एमाले सचिवालय बैठक भदौ १३ गतेका लागि सर्यो

सिरहा— नेकपा एमालेको शनिबारदेखि सिरहामा तय गरिएको सचिवालय बैठक भदौ १३ गतेलाई सरेको छ ।
धनगढीमाई नगरपालिका सर्रे अम्बासमा बस्ने भनेको बैठक निरन्तरको वर्षाले सार्नु परेको एमाले जिल्ला अध्यक्ष चण्डेश्वर मण्डलले जानकारी दिए ।
उक्त बैठकका लागि भनेर एमाले अध्यक्ष केपी शर्मा ओली विराटनगर पुगिसकेका छन् । ‘बैठक स्थलसम्म पुग्नलाई बीचमा खोला पर्ने भएकाले समस्या भयो, निरन्तर वर्षाले खोलाबाढीको स्थिति छ, पार्टी अध्यक्षसँगको छलफलपछि बैठक सार्ने निर्णय भयो,’ मण्डलले भने ।
एमालेले शनिबारदेखि भदौ १३ गतेसम्म सर्रे अम्बासमा सचिवालय बैठक गर्ने तय गरेको थियो । सोही ठाउँमा एमालेले २०४६ सालमा एउटा काठघरमा चौथो महाधिवेशन गरेको थियो । उक्त महाधिवेशनले मदन भण्डारीलाई महासचिव चुनेको थियो ।
प्रकाशित मिति: शनिबार, भदौ ९, २०८० १२:५५