News Griha :: न्यूजगृह
लेखा समिति सभापतिमा ऋषिकेश पोखरेललाई उम्मेदवार बनाउने एमालेको तयारी

काठमाडौं—  नेकपा एमालेले सार्वजनिक लेखा समिति सभापतिमा ऋषिकेश पोखरेललाई उम्मेदवार बनाउने भएको छ ।

संसदीय समिति सभापति चयन प्रकृया आइतबारबाट सुरु हुँदैछ ।  समिति सभापतिको लागि प्रमुख दलहरूबीच भागबन्डा भइसकेको छ । जसअनुसार प्रमुख प्रतिपक्षी नेकपा एमालेले तीन वटा समिति पाउनेछ । लेखा समितिमा उम्मेदवारी दिन लागेका पोखरेल मोरङ २ बाट प्रत्यक्ष निर्वाचित सांसद हुन् ।

त्यस्तै, एमालेको भागमा महिला बालबालिका तथा सामाजिक मामिला समितिको सभापति पनि परेको छ । उक्त समितिमा भने एमालेले किरण साहलाई उम्मेदवार बनाउने भएको छ । रौतहट २ बाट स्वतन्त्र चुनाव जितेका उनी पछि एमाले प्रवेश गरेका हुन् । एमालेको भागमा परेको राज्यको निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिको सभापतिको टुंगो भने लागेको छैन ।  

प्रतिनिधि सभा अन्तर्गत गठित १० वटा विषयगत समितिको सभापति निर्वाचनका लागि कार्य तालिका शनिबार सार्वजनिक भइसकेको छ । आइतबार सभापतिको उम्मेदवारी प्रस्ताव दर्ता गर्ने र दर्ता भएका प्रस्तावको सूची प्रकाशित गर्ने कार्य तालिका तोकिएको छ । सभापतिका लागि दर्ता प्रस्तावहरू सोमबार सम्बन्धित समितिमा निर्णयार्थ प्रस्तुत गरिने छन् ।

यस्तो निर्वाचन तालिका 

प्रकाशित मिति: शनिबार, भदौ ९, २०८०  १८:२८
Weather Update