श्रेष्ठलाई कार्यवाहक दिएर जसपा अध्यक्ष यादव उडे भारत

काठमाडौं— जनता समाजवादी पार्टी (जसपा) नेपालको कार्यवाहक अध्यक्षको जिम्मेवारी राजेन्द्र श्रेष्ठलाई दिइएको छ ।
अध्यक्ष उपेन्द्र यादव भारतको केरेलामा हुने एक वैवाहिक कार्यक्रममा सहभागी हुन शनिबार भारत गएपछि पार्टीका कार्यकारिणी समिति सदस्य श्रेष्ठलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिइएको प्रचारप्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।
उनका अनुसार अध्यक्ष यादवको दिल्लीमा उच्चस्तरीय राजनीतिक भेटघाट पनि हुने छ । अध्यक्ष यादव यही भदौ २१ गतेसम्म भारतमै रहनेछन् ।
प्रकाशित मिति: शनिबार, भदौ ९, २०८० १९:३३