कोशीका मुख्यमन्त्री कार्कीले आज पाउलान् विश्वासको मत ? यस्तो छ गणितशनिबार, असोज २०, २०८०
1682939958.jpg)
सरकार परिवर्तनको सम्भावना छैन : अध्यक्ष नेपाल शुक्रबार, असोज १९, २०८० समाजवादी जागरण अभियानअन्तर्गत शुक्रबार चितवनमा आयोजना गरिएको कार्यक्रममा उनले प्रतिगमनकारीको योजनाबाट देशलाई बचाउन गठबन्धनको सरकार चल्नुपर्ने बताए । उनले भने, 'सरकारले गरेका राम्रो कामको समर्थन र नराम्रो कामलाई सच्याउँदै अघि बढ्नुपर्छ ।' जनतामा निराशा बढ्दै गएको समयमा सरकार परिवर्तनले थप असर पर्ने नेपालको भनाइ थियो ।

प्रतिनिधि सभाको बैठक बस्दै शुक्रबार, असोज १९, २०८० काठमाडौं प्रतिनिधि सभाको बैठक शुक्रबार पनि बस्दैछ । शुक्रबार बानेश्वरस्थित संसद् भवनमा बिहान ११ बजे बस्ने भएको छ ।बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोक कुमार राईले विद्यालय शिक्षा विधेयक, २०५० माथि विचार गरियोस भनी प्रस्ताव पेश गर्ने कार्यसूची छ ।

एमाले उपत्यका विशेष प्रदेश कमिटीको अधिवेशन आजदेखि शुक्रबार, असोज १९, २०८० नेकपा एमालेको उपत्यका विशेष प्रदेश कमिटीको प्रथम अधिवेशन शुक्रबारदेखि काठमाडौंमा सुरु हुँदैछ । पूर्वनिर्धारित तालिका अनुसार गैरभौगोलिक र बुद्धीजीवी–कर्मचारी क्षेत्रका सदस्य आबद्ध यस प्रदेश कमिटीको अधिवेशन हुन लागेको हो ।

एमाले गण्डकी अध्यक्षमा नवराज शर्मा विजयी शुक्रबार, असोज १९, २०८० नेकपा एमाले गण्डकी अध्यक्षमा म्यादीका नवराज शर्मा विजयी भएका छन् । उनी उपमहासचिव पृथ्वीसुब्बा गुरूङ पक्षका हुन् । शर्माले ५ सय ३१ मत प्राप्त गरे भने प्रतिस्पर्धी मायानाथ अधिकारीले ३ सय ६५ ल्याएको मुख्य निर्वाचन अधिकृत सुरेन्द्र थापा मगरले बताए । अधिकारी स्थायी कमिटी सदस्य खगराज अधिकारी पक्षका हुन् ।

संक्रमणकालीन न्यायको विषयमा सत्तापक्ष नै गम्भीर भएन : एमाले सचेतक बर्तौला बिहीबार, असोज १८, २०८० नेकपा एमालेका सचेतक महेश बर्तौलाले संक्रमणकालीन न्यायको विषय टुङ्ग्याउन नदिन राजनीतिक चलखेल हुन थालेको भन्दै सचेत गराएका छन् ।बिहीबार प्रतिनिधि सभा बैठकमा सचेतक बर्तौलाले १७ वर्षदखि थाती रहेको शान्ति प्रक्रिया र संक्रकणकालीन न्यायको विषयलाई टुङ्ग्याउनका लागि उपयुक्त विधेयक निर्माण गर्ने काम गरिरहेको बेला राजनीतिक रुपबाट वातावरण बिगार्ने प्रयास भइरहेको...

सापकोटाको प्रश्न— जनयुद्धका घाइते गोली बोकेको शरीर लिएर सडकमा उत्रिनु पर्ने हो ? बिहीबार, असोज १८, २०८० नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले विपक्षी दलका नेतालाई संसदमा दिएको अभिव्यक्ति पुनर्विचार गर्न आग्रह गरेका छन् ।बुधबार प्रतिनिधि सभाको बैठकमा उनले एमाले अध्यक्ष केपी शर्मा ओलीले दिएको अभिव्यक्तिले समाजमा भड्किरहेको अराजकता थप चर्काउने भन्दै आफ्नो भनाइमा पुर्नविचार गर्नुपर्ने बताए ।
पार्टी, सम्प्रदाय र धर्मको झण्डा बोकाउनेले देशको झण्डा बोक्न सिकाएनन् : मनिष झा बिहीबार, असोज १८, २०८० राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिष झाले धर्मको झण्डा बोकाएर देशमा अस्थिरता फैलाउने कोसिस भइरहेको भन्दै चिन्ता व्यक्त गरेका छन् ।

रिगललाई आममाफी दिएकोमा गगनले मागे सरकारसँग जवाफ, कानुन नै सच्याउन आग्रह बिहीबार, असोज १८, २०८० नेपाली कांग्रेसका सांसद गगन थापाले चेतन मानन्धरको हत्यामा जेल परेका बाँकेका रिगल भनिने गुण्डा योगराज ढकाललाई सरकारको सिफारिसमा राष्ट्रपतिबाट भएकाे आममाफीबारे बिहीबार संसद् बैठकमा सरकारसँग जवाफ माग गरेका छन् ।थापाले बैठकमा बोल्दै कानुनका छिद्र प्रयोग गर्दै आममाफी दिने प्रवृत्ति रोक्नुपर्ने बताएका हुन् । सरकार जवाफदेही हुनुपर्ने उनले बताए ।

सांसद प्रदीप पौडेलले भने— सबै कुराको मूल्य बढ्यो, सरकारको लोकप्रियता मात्रै बढेन बिहीबार, असोज १८, २०८० देश आर्थिक मन्दीले थलिएको भन्दै पौडेलले बजारमा ३५ प्रतिशत सटर बन्द भएको अवस्था रहेको बताए । सरकारले मूल्यवृद्धि ७ प्रतिशतमा सीमित राख्ने घोषणा गरे पनि आम जनतालाई मारपर्ने गरी चर्को मूल्यवृद्धि भएको उनले बताए ।

सांसद गैरेको प्रश्न— बिनाविजनेसको सदन किन चलिरहेको छ ? बिहीबार, असोज १८, २०८०

कोशीका मुख्यमन्त्री कार्कीले शनिबार विश्वासको मत लिने बिहीबार, असोज १८, २०८० सर्वोच्च अदालतको परमादेशबाट गत भदौ २२ गते मुख्यमन्त्री नियुक्त भएका नेकपा एमाले कोशी प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्कीले आगामी शनिबार विश्वासको मत लिने भएका छन् ।विश्वासको मत लिने दिन नजिकिए पनि उनले बहुमत सदस्यको साथ पाउने निश्चित देखिएको छैन । कोशी प्रदेशको प्रदेश सभा बैठक हिजो बसेको थियो...

एमाले गण्डकी अधिवेशन : मतदानबाटै नेतृत्व चुनिँदै बिहीबार, असोज १८, २०८० नेकपा एमाले गण्डकी प्रदेश कमिटिको पहिलो अधिवेशन पोखरामा जारी छ । नयाँ नेतृत्व चयनका लागि सर्वसम्मतको प्रयास असफल भएपछि मतदानद्वारा नेतृत्वको टुंगो लाग्ने भएको छ । पदाधिकारीसहित विभिन्न पदमा आज मतदान हुने निर्वाचन समितिले जनाएको छ ।