News Griha :: न्यूजगृह
आज राष्ट्रिय सभा बैठक, यस्तो छ कार्यसूची
आज राष्ट्रिय सभा बैठक, यस्तो छ कार्यसूची राष्ट्रिय सभाको बैठक मंगलबार बस्दै छ । बैठक बिहान ११ बजे बस्ने तय भएको छ । बैठकमा राष्ट्रिय सभा सदस्य प्रकाश पन्थले अपांगता भएका व्यक्तिको अधिकार कार्यान्वयन सम्बन्धी संकल्प प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।
विषम परिस्थितिबारे छलफल गर्न कांग्रेस संसदीय दलको बैठक बस्दै
विषम परिस्थितिबारे छलफल गर्न कांग्रेस संसदीय दलको बैठक बस्दै बैठक दिउँसो संसद् भवन नयाँबानेश्वरमा बस्ने छ । 
बैठकमा मुलुकको समसामयिक अवस्था तथा गत शनिबार इजरायलमा भएको आतङ्कवादी आक्रमण र त्यसबाट त्यहाँ रहेका नेपाली नागरिकले झेल्नु परेको विषम परिस्थितिका बारेमा छलफल हुने प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए ।  
एमाले सुदूरपश्चिममा नेतृत्व चयनका लागि आज मतदान
एमाले सुदूरपश्चिममा नेतृत्व चयनका लागि आज मतदान नेकपा एमालेको सुदूरपश्चिम प्रदेश कमिटी प्रथम अधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि आज मतदान हुँदैछ । सोमबार साँझ निर्वाचन कमिटीले सार्वजनिक गरेको निर्वाचन तालिकाअनुसार मंगलबार बिहान ७ बजेदेखि साढे ९ बजेसम्म उम्मेदवारी दर्ता गर्ने समय तोकिएको छ ।
कांग्रेसले बोलायो संसदीय दलको बैठक
कांग्रेसले बोलायो संसदीय दलको बैठक कांग्रेस संसदीय दलले सोमबार एक विज्ञप्ति जारी गरी उक्त जानकारी दिएको हो । बैठकमा मुलुकको समसामयिक अवस्था तथा गत शनिबार इजरायलमा भएको आतङ्कवादी आक्रमण र त्यसबाट त्यहाँ रहेका नेपाली नागरिकले झेल्नु परेको विषम परिस्थितिका बारेमा छलफल हुने प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए ।
सर्वदलीय बैठक : जतिसक्दो चाँडो इजरायलका नेपालीको उद्धार गर्न सरकारलाई सुझाव
सर्वदलीय बैठक : जतिसक्दो चाँडो इजरायलका नेपालीको उद्धार गर्न सरकारलाई सुझाव संसद्‌मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूले छिटोभन्दा छिटो इजरायलमा रहेका नेपालीहरूको उद्धारमा लाग्न सरकारलाई सुझाव दिएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बोलाएको सर्वदलीय बैठकमा उपस्थित राजनीतिक दलका नेताहरूले इजरायलमा अलपत्र नेपालीहरूलाई सुरक्षित स्थानमा लैजानका लागि सुझाव दिएका हुन् ।
इजरायलमा ज्यान गुमाएका नेपाली विद्यार्थीका परिवारलाई सरकारले १० लाख दिने
इजरायलमा ज्यान गुमाएका नेपाली विद्यार्थीका परिवारलाई सरकारले १० लाख दिने मन्त्रिपरिषद्को सोमबारको आकस्मिक बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् । बैठकले स्वदेश फर्कन चाहनेहरु लाई नेपाल वायु सेवा निगम र हिमालयन एअरलाइन्सको विमान चार्टर गरी स्वदेश ल्याउने व्यवस्था गर्ने निर्णय गरेको छ । 
 सिंहदबारमा सर्वदलीय बैठक
 सिंहदबारमा सर्वदलीय बैठक बैठक सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा जारी रहेको छ । इजरायलबाट नेपालीको उद्धारबारे छलफल गर्न प्रधानमन्त्री प्रचण्डले सर्वदलीय बैठक बोलाएका हुन् । संसद्मा प्रतिनिधित्व गर्ने सबै दलका प्रतिनिधिहरू बैठकमा सहभागी छन् ।
इजरायलमा १० नेपालीको मृत्यु घटनामा मंगलबार राष्ट्रिय शोक*को घोषणा
इजरायलमा १० नेपालीको मृत्यु घटनामा मंगलबार राष्ट्रिय शोक*को घोषणा इजरायल आक्रमणमा परी मृत्यु भएका १० नेपालीको सम्मानमा सरकारले मंगलबार राष्ट्रिय शोकको घोषणा गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले मृतकप्रति श्रद्धाञ्जली अर्पण गरेको छ भने घाइतेहरूको शिघ्र स्वास्थ्य लाभको कामना गरेको छ । 
इजरायलमा रहेका नेपालीलाई तत्काल स्वदेश फर्काउन राष्ट्रपति पौडेलको आग्रह
इजरायलमा रहेका नेपालीलाई तत्काल स्वदेश फर्काउन राष्ट्रपति पौडेलको आग्रह राष्ट्रपति रामचन्द्र पौडेलले इजरायलमा रहेका नेपालीको उद्धार, स्वदेश फिर्ती र मृतकका परिवारलाई राहतलगायत विषयमा चासो व्यक्त गरेका छन् ।
माओवादी केन्द्रकाे संसदीय दलको बैठक सुरु
माओवादी केन्द्रकाे संसदीय दलको बैठक सुरु नेकपा माओवादी केन्द्रकाे संसदीय दलको बैठक सुरु भएको छ ।
जनताको पुराना पार्टी र नेताहरूप्रति व्यापक असन्तुष्टि र आक्रोश छ : अध्यक्ष भट्टराई
जनताको पुराना पार्टी र नेताहरूप्रति व्यापक असन्तुष्टि र आक्रोश छ : अध्यक्ष भट्टराई नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा.बाबुराम भट्टराईले जनताको पुराना पार्टी र नेताहरूप्रति व्यापक असन्तुष्टि र आक्रोश रहेको बताएका छन् ।प्रत्येक महिना गृहजिल्ला गोरखा आउनेक्रममा पूर्वप्रधानमन्त्रीसमेत रहेका डा.भट्टराईले जनसंवाद गरेका छन् ।
इजरायलमा रहेका नेपालीलाई उद्धार गरी स्वदेश ल्याउन सरकारसँग कांग्रेसको माग
इजरायलमा रहेका नेपालीलाई उद्धार गरी स्वदेश ल्याउन सरकारसँग कांग्रेसको माग आइतबार कांग्रेस सभापति शेरबहादुर देउवाले विज्ञप्ति जारी गरि इजरायलमा नेपालीहरूको यकिन तथ्याङ्क पत्ता लगाई उनीहरूको जीवन रक्षा गर्न माग गरेका हुन् । त्यस्तै, कांग्रेसले त्यहाँ रहेका नेपालीलाई तत्काल उद्धार गरि सुरक्षित स्थानमा पुर्‍याउन तथा आवश्यक परे स्वदेश फर्काउनका लागि सरकारले अविलम्व कूटनीतिक पहल गर्नुपर्ने बताएको छ । 
Weather Update