News Griha :: न्यूजगृह
आज राष्ट्रिय सभा बैठक, यस्तो छ कार्यसूची

काठमाडौं— राष्ट्रिय सभाको बैठक मंगलबार बस्दै छ । बैठक बिहान ११ बजे बस्ने तय भएको छ ।

बैठकमा राष्ट्रिय सभा सदस्य प्रकाश पन्थले अपांगता भएका व्यक्तिको अधिकार कार्यान्वयन सम्बन्धी संकल्प प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।

यस्तै कानुन मन्त्री धनराज गुरुङले विधायनसम्बन्धी विधेयक, २०८० दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाउन प्रस्ताव गर्ने कार्यसूची पनि छ ।

प्रकाशित मिति: मंगलबार, असोज २३, २०८०  ०७:१४
Weather Update