News Griha :: न्यूजगृह
कांग्रेसले बोलायो संसदीय दलको बैठक

काठमाडौं— सत्तारूढ दल नेपाली कांग्रेस संसदीय दलको बैठक भोलि मङ्गलबार सङ्घीय संसद् भवन नयाँ वानेश्वरमा बस्ने भएको छ ।

कांग्रेस संसदीय दलले सोमबार एक विज्ञप्ति जारी गरी उक्त जानकारी दिएको हो । बैठकमा मुलुकको समसामयिक अवस्था तथा गत शनिबार इजरायलमा भएको आतङ्कवादी आक्रमण र त्यसबाट त्यहाँ रहेका नेपाली नागरिकले झेल्नु परेको विषम परिस्थितिका बारेमा छलफल हुने प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए ।

प्रकाशित मिति: सोमबार, असोज २२, २०८०  २१:०३
Weather Update