News Griha :: न्यूजगृह
एमाले सुदूरपश्चिममा नेतृत्व चयनका लागि आज मतदान

काठमाडौं— नेकपा एमालेको सुदूरपश्चिम प्रदेश कमिटी प्रथम अधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि आज मतदान हुँदैछ ।

सोमबार साँझ निर्वाचन कमिटीले सार्वजनिक गरेको निर्वाचन तालिकाअनुसार मंगलबार बिहान ७ बजेदेखि साढे ९ बजेसम्म उम्मेदवारी दर्ता गर्ने समय तोकिएको छ ।

उम्मेदवारी दर्ता भएपछि उम्मेदवारको प्रारम्भिक नामावली बिहान साढे ११ बजे प्रकाशन गर्ने तयारी छ । त्यही समयभित्र उम्मेदवारको विरोधमा उजुरी दिन निर्वाचन कमिटीले समय तोकेको छ ।

उम्मेदवारी फिर्ता गर्न कमिटीले साढे १२ बजेदेखि २ बजेसम्मको समय दिएको छ । निर्वाचन तालिकाअनुसार मंगलबार दिउँसो साढे २ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ ।

एमाले सुदूरपश्चिमको निर्वाचन समितिले दिउँसो साढे २ बजे अन्तिम नामावली प्रकाशन गर्ने र बेलुकी ५ बजेदेखि मतदान सुरू गर्ने बताएको छ । एमालेको सुदूरपश्चिम अध्यक्षका लागि कृष्णप्रसाद जैसी, बचनबहादुर सिंह र कमल तिमिल्सिनाले अध्यक्षमा दाबी गरेका छन् । 
 
 

प्रकाशित मिति: मंगलबार, असोज २३, २०८०  ०७:०३
Weather Update