News Griha :: न्यूजगृह
रास्वपा चितवन जिल्ला पूर्वसभापति आम जनता पार्टीमा प्रवेश
रास्वपा चितवन जिल्ला पूर्वसभापति आम जनता पार्टीमा प्रवेश राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ‍का चितवन जिल्ला पूर्वसभापति धर्मेन्द्र सापकोटा आम जनता पार्टीमा प्रवेश गरेका छन् ।आम जनता पार्टीका अध्यक्ष प्रभु शाहले बुधबार समाजिक सञ्जालमार्फत सापकोटा आम जनता पार्टीमा प्रवेश गरेको जानकारी दिएका हुन् ।
रास्वपा नेता अर्याल भन्छन्— हाम्रा नेताहरुको मूल्याङ्कन गर्ने बेला भएको छैन
रास्वपा नेता अर्याल भन्छन्— हाम्रा नेताहरुको मूल्याङ्कन गर्ने बेला भएको छैन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डोलप्रसाद अर्याल (डीपी)ले आफ्ना नेताकार्यकर्ताहरूको मूल्याङ्कन गर्ने बेला नभएको बताएका छन् ।
एमाले मधेस प्रदेश अधिवेशन आज
एमाले मधेस प्रदेश अधिवेशन आज नयाँ कार्यसमिति चयनका लागि हुने अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको एमाले प्रदेश प्रदेश अध्यक्ष रामअवतार यादवले बताए । अधिवेशनका लागि एक हजार २७ जना प्रतिनिधि छनोट भएका छन् । अधिवेशनले दुई सय १० सदस्यीय प्रदेश कमिटी चयन गर्ने एमालेले जनाएको छ । 
एमाले सुदूरपश्चिमको नेतृत्व चयनका लागि आज मतदान
एमाले सुदूरपश्चिमको नेतृत्व चयनका लागि आज मतदान प्रदेश अध्यक्षमा निवर्तमान कमिटीका उपाध्यक्ष कमल तिमिल्सिना, पूर्व जिविस सभापति कृष्णप्रसाद जैसी र भरतबहादुर साउदले उम्मेदवारी दर्ता गराएका छन् । उनीहरू तीनै जना अछामका हुन् ।
बागमती प्रदेश सभाको वर्षे अधिवेशन मध्यरातदेखि अन्त्य
बागमती प्रदेश सभाको वर्षे अधिवेशन मध्यरातदेखि अन्त्य बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले संविधानको धारा १८३ को उपधारा २ बमोजिम प्रदेश सभाको १२औं वर्षे अधिवेशन आज मध्यराति १२ बजेदेखि अन्त्य गरेका हुन् ।
परराष्ट्रमन्त्रीले गरे इजरायलका समकक्षीसँग टेलिफोनमा कुराकानी, भने– सम्पर्कविहीन नेपालीको खोजीमा सहयोग गर्दिनुस्
परराष्ट्रमन्त्रीले गरे इजरायलका समकक्षीसँग टेलिफोनमा कुराकानी, भने– सम्पर्कविहीन नेपालीको खोजीमा सहयोग गर्दिनुस् परराष्ट्रमन्त्री एनपी साउदले इजरायलका समकक्षी एली कोहेनसँग टेलिफोनमा कुराकानी गरेका छन् । कुराकानीका क्रममा परराष्ट्रमन्त्री साउदले इजरायली विदेशमन्त्री कोहेनसँग विद्रोही हमास समूहको आक्रमणमा परी १० जना नेपाली नागरिकको मृत्युले स्तब्ध बनाएको बताए ।
टीआरसी विधेयकमा ४ वटा विषय पूर्ण समितिबाट टुंगो लगाउन सुझावसहित उपसमितिले बुझायो प्रतिवेदन
टीआरसी विधेयकमा ४ वटा विषय पूर्ण समितिबाट टुंगो लगाउन सुझावसहित उपसमितिले बुझायो प्रतिवेदन संक्रमणकालीन न्यायसँग सम्बन्धित (टीआरसी) विधेयक टुंगोमा पुर्‍याउन गठन भएको संसदीय उपसमितिले कानुन, न्याय तथा मानव अधिकार समितिलाई प्रतिवेदन बुझाएको छ ।बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐनको संशोधन गर्न बनाइएको विधेयकमा राजनीतिक दलकासँग केही विषयमा सहमति गरी ४ वटा विषय पूर्ण समितिबाटै टुंगो लगाउनुपर्ने रायसहितको प्रतिवेदन...
कांग्रेसले कोशीमा आफ्नै नेतृत्वमा सरकार गठनको पहल गर्ने
कांग्रेसले कोशीमा आफ्नै नेतृत्वमा सरकार गठनको पहल गर्ने नेपाली कांग्रेसले कोशी प्रदेशमा पुनः आफ्नै नेतृत्वमा सरकार गठनका लागि पहल गर्ने निर्णय गरेको छ । मंगलबार सभापति शेरबहादुर देउवाको निवास धुम्बाराईमा बसेको शीर्ष नेताहरूको बैठकले गठबन्धनमा पहिल्यै भएको सहमतिबमोजिम कांग्रेसकै नेतृत्वमा सरकार गठनका लागि पहल गर्ने निर्णय लिएको हो ।बैठकपछि मीन विश्वकर्माले गठबन्धनमा पहिल्यै भएको सहमतिबमोजिम कोशीमा कांग्रेसकै...
कर्णाली प्रदेश सभाको दोस्रो अधिवेशन अन्त्य, दुई विधेयक पारित
कर्णाली प्रदेश सभाको दोस्रो अधिवेशन अन्त्य, दुई विधेयक पारित कर्णाली प्रदेश सभाको दोस्रो कार्यकालको दोस्रो अधिवेशन अन्त्य गरिएको छ ।अधिवेशनअन्तर्गतको बैठकबाट कर्णाली प्रदेश प्रतिष्ठान विधेयक र प्रदेश निजामती कर्मचारी विधेयक सर्वसम्मत पारित गरिएको छ ।
इजरायलमा रहेका नेपालीलाई तत्काल स्वदेश फर्काउन कांग्रेसको आग्रह
इजरायलमा रहेका नेपालीलाई तत्काल स्वदेश फर्काउन कांग्रेसको आग्रह नेपाली कांग्रेसले इजरायलमा ज्यान गुमाएका १० जनाको शोकमा शोक प्रस्ताव पारित गरेको छ । सोमबार बसेको नेपाली कांग्रेस संसदीय दलको बैठकपछि प्रमुख सचेतक रमेश लेखकले इजरायलमा भएको द्वन्द्वमा मृत्यु भएका १० जनाप्रति श्रद्धाञ्जली प्रकट गर्दै शोक प्रस्ताव पारित गरेको जानकारी दिए । 
मधेस प्रदेशमा सुशासन कायम गर्न एमालेले अब भूमिका खेल्छ : भट्टराई
मधेस प्रदेशमा सुशासन कायम गर्न एमालेले अब भूमिका खेल्छ : भट्टराई नेकपा एमालेका सचिव योगेश भट्टराईले मधेस प्रदेशमा सुशासन कायम गर्न एमालेले अब भूमिका खेल्ने बताएका छन् ।एमाले मधेस प्रदेश अधिवेशनको तयारीबारे जानकारी दिन जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा उनले मधेसमा सुशासन र सामाजिक न्याय कायम गर्न मधेसको स्वाभिमान माथि उठाउनु पर्ने धारणा राखेका छन् ।
एमालेसँग मेरो खेल सुरु भयो, केपी ओलीमा भन्दा प्रचण्ड–नारायणकाजीमा राजनीतिक चरित्र : दुर्गा प्रसाईं
एमालेसँग मेरो खेल सुरु भयो, केपी ओलीमा भन्दा प्रचण्ड–नारायणकाजीमा राजनीतिक चरित्र : दुर्गा प्रसाईं  मेडिकल व्यवसायी दुर्गा प्रसाईंले नेकपा एमालेसँग आफ्नो खेल सुरु भएको बताएका छन् ।सोमबार दिउँसो एमाले निकट युवा संघले प्रसाईंलाई कालोमोसो दलेपछि मंगलबार बिहान आफ्नै निवासमा पत्रकार सम्मेलन गरेर प्रसाईंले एमालेसँग आफ्नो खेल सुरु भएको बताएका हुन् ।
Weather Update