News Griha :: न्यूजगृह
बागमती प्रदेश सभाको वर्षे अधिवेशन मध्यरातदेखि अन्त्य

काठमाडौं— बागमती प्रदेश सभाको वर्षे अधिवेशन मंगलबार मध्यरातदेखि अन्त्य हुँदैछ ।

बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले संविधानको धारा १८३ को उपधारा २ बमोजिम प्रदेश सभाको १२औं वर्षे अधिवेशन आज मध्यराति १२ बजेदेखि अन्त्य गरेका हुन् ।

मन्त्रिपरिषद्को सिफारिसमा प्रदेश प्रमुख शर्माले प्रदेश सभाको वर्षे अधिवेशन अन्त्य गरेका हुन् । बागमती प्रदेश सभाको पहिलो बैठक २०७९ पुस १८ गते बसेको थियो । 

प्रकाशित मिति: मंगलबार, असोज २३, २०८०  १८:५६
Weather Update