News Griha :: न्यूजगृह
एमाले मधेस प्रदेश अधिवेशन आज

काठमाडौं— नेकपा एमाले मधेस प्रदेशको अधिवेशन बुधबारदेखि जनकपुरमा सुरु हुँदैछ ।

नयाँ कार्यसमिति चयनका लागि हुने अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको एमाले प्रदेश प्रदेश अध्यक्ष रामअवतार यादवले बताए ।

अध्यक्ष केपी शर्मा ओलीले बुधबार १२ बजेपछि जनकपुरमा उद्घाटन गर्ने अधिवेशनको बिहीबारदेखि बन्द सत्र सुरु गरेर नयाँ नेतृत्व चयन गर्दै सम्पन्न हुनेछ ।

अधिवेशनका लागि एक हजार २७ जना प्रतिनिधि छनोट भएका छन् । अधिवेशनले दुई सय १० सदस्यीय प्रदेश कमिटी चयन गर्ने एमालेले जनाएको छ । 

नेतृत्वका लागि सर्लाहीका राजनारायण साह र चन्देश्वर मण्डलले तथा धनुषाका लक्ष्मीनारायण यादवले आकांक्षा देखाएका छन् । बिचारी यादव र रेवती पन्तको नाम पनि चर्चामै छ । यद्यपि उनीहरुले बाहिर भने केही बताइसकेका छैनन् । 

प्रकाशित मिति: बुधबार, असोज २४, २०८०  ०८:०५
Weather Update