
काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का चितवन जिल्ला पूर्वसभापति धर्मेन्द्र सापकोटा आम जनता पार्टीमा प्रवेश गरेका छन् ।
आम जनता पार्टीका अध्यक्ष प्रभु शाहले बुधबार समाजिक सञ्जालमार्फत सापकोटा आम जनता पार्टीमा प्रवेश गरेको जानकारी दिएका हुन् ।
उनले लेखेका छन्,‘राष्ट्रिय स्वतन्त्र पार्टीको जिल्ला पूर्वसभापति धर्मेन्द्र सापकोटा आज आम जनता पार्टीमा प्रवेश गर्नुभएको छ । चितवन जिल्ला भरतपुर निवासी सापकोटा विगत १५ वर्षदेखि विभिन्न टेलिभिजनमा प्रमुख कार्यकारी भएर काम गर्दै आउनुभएको एक बौद्धिक व्यक्तित्व हो । उहाँले विद्यमान पुरानो पार्टीहरु देश बर्बाद गर्न लागिपरेकोले देश बचाउन आम जनता पार्टीको आवश्यकता महसुस गरेर यो पार्टीमा प्रवेश गरेको बताउनुभएको छ । उहाँलाई हाम्रो पार्टीमा एकमुस्ट हार्दिक स्वागत, बधाई तथा सफल राजनीतिक भविष्यको भव्य शुभकामना व्यक्त गर्दछु ।’
विद्यमान पुरानो पार्टीहरु देश बर्बाद गर्न लागि परेकोले देश बचाउन आम जनता पार्टीको आवश्यकता महसुस गरेर यो पार्टीमा प्रवेश गरेको सापकोटाको भनाइ छ ।