
काठमाडौं— नेपाली कांग्रेसले इजरायलमा ज्यान गुमाएका १० जनाको शोकमा शोक प्रस्ताव पारित गरेको छ । सोमबार बसेको नेपाली कांग्रेस संसदीय दलको बैठकपछि प्रमुख सचेतक रमेश लेखकले इजरायलमा भएको द्वन्द्वमा मृत्यु भएका १० जनाप्रति श्रद्धाञ्जली प्रकट गर्दै शोक प्रस्ताव पारित गरेको जानकारी दिए ।
उनले भने, ‘इजरायलमा हमास समूहको आतंककारी आक्रमणमा १० जना नेपालीको हत्या भएको छ । नेपाली नागरिक घाइते, सम्पर्कविहीन र जोखिममा रहेको हुँदा १० जनाको मृत्युप्रति श्रद्धाञ्जली प्रकट गर्दै शोक प्रस्ताव पारित गरेका गरिएकाे छ । त्यो आक्रमणको निन्दा गरेका छौं ।’
उनले तत्काल जोखिममा रहेका मानिसलाई उद्धार गरेर सुरक्षित स्थानमा राख्ने, खान बस्नको व्यवस्था गर्न, हत्या भएका विद्यार्थीको शवलाई तत्काल नेपाल ल्याउनेलगायत विषयमा सरकारको ध्यानाकर्षण गराएको पनि बताए ।
उनले भने,‘त्यसको साथै तत्काल जोखिममा रहेका मानिसलाई उद्धार गरेर सुरक्षित स्थानमा राख्ने, उनीहरुको लागि खान बस्नको लागि उचित व्यवस्था गर्ने, हत्या भएका विद्यार्थीको शवलाई तत्काल नेपाल ल्याउने र परिवारलाई बुझाउने, सम्पर्कविहीनको खोजी गरेर अवस्था सार्वजनिक गर्ने र नेपाल आउन चहानेलाई तत्काल सुरक्षित स्वदेश फिर्ताको व्यवस्था मिलाउनको लागि सरकारको ध्यानाकर्षण गराएको छ ।’