एमाले सुदूरपश्चिमको नेतृत्व चयनका लागि आज मतदान

काठमाडौं— नेकमा एमाले सुदूरपश्चिम प्रदेशको नेतृत्व चयनका लागि आज मतदान हुँदैछ ।
हिजो साँझ ५ बजेदेखि मतदान गर्ने पूर्वनिर्धारित कार्यतालिका भएपनि सहमतिको प्रयासका लागि मतदान सारिएको थियो । निर्वाचन कमिटीले आज बिहान ७ बजेदेखि मतदान हुने बताएको छ ।
प्रदेश अध्यक्षमा निवर्तमान कमिटीका उपाध्यक्ष कमल तिमिल्सिना, पूर्व जिविस सभापति कृष्णप्रसाद जैसी र भरतबहादुर साउदले उम्मेदवारी दर्ता गराएका छन् । उनीहरू तीनै जना अछामका हुन् ।
अध्यक्षमा कञ्चनपुरका बचनबहादुर सिंहले पनि उम्मेदवारी दर्ता गराएका छन् ।
प्रकाशित मिति: बुधबार, असोज २४, २०८० ०६:४६