प्रतिनिधि सभाको बैठक कात्तिक १२ गतेसम्मका लागि स्थगितशुक्रबार, असोज २६, २०८०

‘हामीले नै बनाएको सरकारबारे भ्रम हुन थाल्यो’ शुक्रबार, असोज २६, २०८० सांसद सञ्जयकुमार गौतमले सरकार बनाउनकै लागि बनाएको जस्तो मात्र भएको बताएका छन् । शुक्रबार प्रतिनिधि सभाको बैठकमा विशेष समयमा बोल्दै उनले गठबन्धनको सरकारले जनताले अपेक्षा गरे अनुसारको काम नगरेको बताए ।
इजरायलमा सम्पर्कविहीन नेपाली युवाको खोजीमा कूटनीतिक सक्रियता बढाउन सांसद पन्तको माग शुक्रबार, असोज २६, २०८० नेकपा एमालेका सांसद रघुजी पन्तले इजरायलमा सम्पर्कविहीन नेपालीको खोजी गर्न सरकारलाई इजरायल सरकारसँग कूटनीतिक सक्रियताबाट वार्ता अगाडि बढाउन आग्रह गरेका छन् ।शुक्रबार प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै उनले हराएका युवा बन्धकमा रहेको हुनसक्ने आशंका रहेको भन्दै सरकारले कूटनीतिक सक्रियता बढाउनुपर्ने बताए ।

कोशीको मुख्यमन्त्रीमा कांग्रेसका कार्कीलाई समर्थन गर्ने सांसदलाई हस्ताक्षर फिर्ता लिन अनुरोध शुक्रबार, असोज २६, २०८० नेपाली कांग्रेसको कोशी प्रदेश कार्यसम्पादन समितिको बैठकले मुख्यमन्त्रीमा दाबी पेस गरेका केदार कार्कीको समर्थन गर्ने सांसदलाई हस्ताक्षर फिर्ता लिन अनुरोध गरेको छ ।शुक्रबार विराटनगरमा बसेको समितिको बैठकले कार्कीलाई मुख्यमन्त्रीमा समर्थन गर्ने ८ जना सांसदलाई हस्ताक्षर फिर्ता लिन अनुरोध गरेको हो ।

एमाले मधेस प्रदेश अध्यक्षमा चन्देश्वर मण्डल सर्वसम्मत शुक्रबार, असोज २६, २०८० नेकपा एमाले मधेस प्रदेश अध्यक्षमा सिराहाका चन्देश्वर मण्डल सर्वसम्मत भएका छन् । बुधबारबाट जनकपुरमा सुरु भएको मधेस प्रदेश अधिवेशनबाट उनी अध्यक्षमा सर्वसम्मत भएका हुन् ।

विभिन्न बहानामा संविधानमाथि प्रहार भइरहेको छ : उपप्रधानमन्त्री खड्का शुक्रबार, असोज २६, २०८० उपप्रधान एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काले विभिन्न बहानामा संविधानमाथि प्रहार भइरहेको बताएका छन् । शुक्रबार कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा सुरु भएको नेपाल राष्ट्रिय मगर संघको दोस्रो कर्णाली प्रदेश अधिवेशनलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री खड्काले देश विविध कारणले अप्ठ्यारोमा परेको बताए ।

कोशी सरकार गठन : राप्रपाले गर्यो तटस्थ बस्ने निर्णय शुक्रबार, असोज २६, २०८० राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले कोशी प्रदेश सरकार गठनमा तटस्थ बस्ने निर्णय गरेको छ ।नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका दुई उम्मेदवारले मुख्यमन्त्री दाबी गरेर सहयाेग मागेका बेला राप्रपाले कसैको पनि पक्ष नलिने निर्णय गरेको हो ।

कोशी सरकार गठनबारे निर्णय लिन राप्रपा केन्द्रीय पदाधिकारी बैठक सुरु शुक्रबार, असोज २६, २०८० कोशी प्रदेशमा विकसित पछिल्लो परिस्थिति एवम् मुलुकको समग्र राजनीतिक अवस्थाबारे समीक्षा गर्न र पार्टीको भावी रणनीति तय गर्न बैठक केही बेरअघिदेखि केन्द्रीय कार्यालय धुम्बाराहीमा जारी छ ।

कांग्रेस कोशी प्रदेश कार्यसमिति बैठक बस्दै शुक्रबार, असोज २६, २०८० कांग्रेस कार्यसम्पादन समिति बैठकको मुख्य एजेन्डा पार्टीबाट विद्रोह गरेर चालिएको कदममा विचार गरिने भएको नेताहरुले बताएका छन् ।

प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ कार्यसूची शुक्रबार, असोज २६, २०८० संसद् सचिवालयका अनुसार बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय दलित आयोगको वार्षिक प्रतिवेदन तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३३औँ वार्षिक प्रतिवेदन पेश गर्ने कार्यसूची छ ।

कोइराला समूहको ‘विद्रोह’ बारे निर्णय लिन कोशी कांग्रेसले बोलायो कार्यसम्पादन समितिको बैठक शुक्रबार, असोज २६, २०८० पार्टी निर्णयविरुद्धको घटनालाई गम्भीररूपमा लिएर शुक्रबार बिहान ११ बजे कार्य सम्पादन समितिको बैठक बोलाइएको कोशी कांग्रेसका महामन्त्री भूपेन्द्र राईले बताए ।

कोशीको मुख्यमन्त्रीमा दाबी गरेका दुवैको आ-आफ्नै तर्क बिहीबार, असोज २५, २०८० मुख्यमन्त्रीमा दाबी पेश कांग्रेस कार्कीले आफूले संविधानको धारा १६८ (५) को उपयोग गरेको दाबी गरेका छन् । प्रदेश सरकार गठनको विषयलाई लिएर कोशीमा कुनै पनि दलले आधिकारिक निर्णय नगरेकाले आफ्नो निर्णय गर्न प्रदेश सभा सदस्यहरू स्वतन्त्र रहेको र आफूले त्यसको उपयोग गरेको उनको तर्क छ ।

कोशीको मुख्यमन्त्रीमा एमालेले गर्यो कांग्रेसलाई समर्थन बिहीबार, असोज २५, २०८० कोशी प्रदेशको मुख्यमन्त्रीका लागि नेकपा एमालेले नेपाली कांग्रेसका सांसद केदार कार्कीलाई समर्थन गरेको छ । कार्कीले बिहीबार प्रदेश प्रमुख समक्ष मुख्यमन्त्रीमा दाबी पेश गरिसकेका छन् ।एमालेले उपसभामुख बाहेक ३९ जना सांसदको हस्ताक्षरसहित कांग्रेसका कार्कीलाई मुख्यमन्त्रीमा समर्थन गरेको छ । कार्कीलाई मुख्यमन्त्री बनाउन उनीसहित कांग्रेसका ८ जनाको हस्ताक्षर छ ।