News Griha :: न्यूजगृह
विभिन्न बहानामा संविधानमाथि प्रहार भइरहेको छ : उपप्रधानमन्त्री खड्का

सुर्खेत— उपप्रधान एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काले विभिन्न बहानामा संविधानमाथि प्रहार भइरहेको बताएका छन् । शुक्रबार कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा सुरु भएको नेपाल राष्ट्रिय मगर संघको दोस्रो कर्णाली प्रदेश अधिवेशनलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री खड्काले देश विविध कारणले अप्ठ्यारोमा परेको बताए ।

उनले भने,‘संविधानलाई विभिन्न बहानामा हल्लाउने कोसिस भइरहेको छ,त्यसप्रति सजग हुन आवश्यक छ । संविधानलाई भड्काउने कोसिस भएको संकेत देखिएकाले यसमा कांग्रेस जिम्मेवार बन्नुपर्दछ ।’

कांग्रेस उपसभापतिसमेत रहेका उपप्रधानमन्त्री खड्काले पद प्राप्त पछिको घमण्ड र अहंकारका कारणले कांग्रेसप्रति जनताको गुनासो बढेको बताए । त्यसैले प्रत्येक नेताकार्यकर्ताको व्यवहार र बोलीवचनमा सुधार गर्न आवश्यक उनको भनाइ थियो । 
 

प्रकाशित मिति: शुक्रबार, असोज २६, २०८०  १३:०५
Weather Update