News Griha :: न्यूजगृह
इजरायलमा सम्पर्कविहीन नेपाली युवाको खोजीमा कूटनीतिक सक्रियता बढाउन सांसद पन्तको माग

काठमाडौं— नेकपा एमालेका सांसद रघुजी पन्तले इजरायलमा सम्पर्कविहीन नेपालीको खोजी गर्न सरकारलाई इजरायल सरकारसँग कूटनीतिक सक्रियताबाट वार्ता अगाडि बढाउन आग्रह गरेका छन् ।

शुक्रबार प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै उनले हराएका युवा बन्धकमा रहेको हुनसक्ने आशंका रहेको भन्दै सरकारले कूटनीतिक सक्रियता बढाउनुपर्ने बताए ।

उनले भने,‘सरकारले इजरायल सरकारसँग कूटनीतिक तवरबाट वार्ता अगाडि बढाइओस् । हराएका युवा बन्धकमा रहेको हुनसक्ने आशंका छ । खोजीका लागि सरकारलाई कूटनीतिक सक्रियता बढाउन आग्रह गर्दछु । संयुक्तल राष्ट्रसंघका विभिन्न संघसंस्थासँग कूटनीतिक सक्रियता बढाइयोस् ।’

प्रकाशित मिति: शुक्रबार, असोज २६, २०८०  १५:१४
Weather Update