News Griha :: न्यूजगृह
‘हामीले नै बनाएको सरकारबारे भ्रम हुन थाल्यो’

काठमाडौं— सांसद सञ्जयकुमार गौतमले सरकार बनाउनकै लागि बनाएको जस्तो मात्र भएको बताएका छन् । 

शुक्रबार प्रतिनिधि सभाको बैठकमा विशेष समयमा बोल्दै उनले गठबन्धनको सरकारले जनताले अपेक्षा गरे अनुसारको काम नगरेको बताए ।

उनले भने,‘यो सरकार हामीले सरकार बनाउनको लागि मात्र बनाएको होइन । प्रधानमन्त्री र मन्त्री बन्नको लागि मात्र बनाएको होइन । सरकारले मुलुकलाई स्थिरता देओस्, सुशासान देओस् र भ्रष्टाचारमुक्त बनाएर जनतामा छाएको घोर निरासालाई चिरोस् भनेर सरकार बनाएका हौं ।’

देश गम्भीर संकटमा रहेको भन्दै उनले राष्ट्रिय गौरवका योजनाहरु अस्तव्यस्त अवस्थामा पुगेको बताए । ‘देश आज गम्भीर संकटमा छ । के हुँदैछ वास्तवमा कसैलाई पनि थाहा छैन’ गौतमले भने,‘सरकार त हामीले नै बनाएका हौं तर हामीलाई यो सरकार हाम्रो हो कि होइन भन्ने भ्रम सिर्जना हुन थालेको छ ।’

सरकारले बेवास्ता गरेर काम गर्ने हो भने लोकतन्त्र पनि नरहने र देश ठूलो संकटमा पर्ने उनले बताए ।

प्रकाशित मिति: शुक्रबार, असोज २६, २०८०  १५:३७
Weather Update