News Griha :: न्यूजगृह
एमाले मधेस प्रदेश अध्यक्षमा चन्देश्वर मण्डल सर्वसम्मत

काठमाडौं— नेकपा एमाले मधेस प्रदेश अध्यक्षमा सिराहाका चन्देश्वर मण्डल सर्वसम्मत भएका छन् । बुधबारबाट जनकपुरमा सुरु भएको मधेस प्रदेश अधिवेशनबाट उनी अध्यक्षमा  सर्वसम्मत भएका हुन् ।

उपाध्यक्षमा पर्साका विचारी यादव छानिएका छन् । सचिवमा बाराका मनोज पौडेल सर्वसम्मत भएका छन् भने उपसचिवमा रौतहटकी आरती भण्डारी र धनुषाका मोहम्मद कैस सर्वसम्मत भएका छन् ।

एमाले मधेस प्रदेश अधिवेशनले २ सय ३५ सदस्यीय पदाधिकारी चयन गर्ने छ ।

प्रकाशित मिति: शुक्रबार, असोज २६, २०८०  १३:१८
Weather Update