News Griha :: न्यूजगृह
प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौं— प्रतिनिधि सभाको बैठक शुक्रबार पनि बस्दै छ । बैठक दिउँसो २ बजे बोलाइएको छ । आजको बैठकमा मौखिक तथा लिखित प्रश्नहरूको जवाफ सम्बन्धित मन्त्रीले टेबुल गर्ने कार्यसूची रहेको छ ।

संसद् सचिवालयका अनुसार बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय दलित आयोगको वार्षिक प्रतिवेदन तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३३औँ वार्षिक प्रतिवेदन पेश गर्ने कार्यसूची छ ।

यस्तै ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले विद्युत् विधेयक, २०८० दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउन प्रस्ताव गर्ने सम्भावित कार्यसूची पनि छ ।

बैठकमा सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा बैठकमा १० वा त्योभन्दा बढी बैठकमा अनुपस्थित संसद् सदस्यको सूचना पेश गर्ने कार्यसूची छ ।

प्रकाशित मिति: शुक्रबार, असोज २६, २०८०  ०८:४६
Weather Update