कोशी सरकार गठनबारे निर्णय लिन राप्रपा केन्द्रीय पदाधिकारी बैठक सुरु

काठमाडौं— राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय पदाधिकारी बैठक सुरु भएको छ ।
कोशी प्रदेशमा विकसित पछिल्लो परिस्थिति एवम् मुलुकको समग्र राजनीतिक अवस्थाबारे समीक्षा गर्न र पार्टीको भावी रणनीति तय गर्न बैठक केही बेरअघिदेखि केन्द्रीय कार्यालय धुम्बाराहीमा जारी छ ।
पार्टीका प्रवक्ता एवम् प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठका अनुसार आजको बैठकले मुलुकको समसामयिक परिस्थतिको समीक्षा गर्ने, पार्टीका भूगोल केन्द्रित कार्यक्रमहरूको समीक्षा गर्ने र कोशी प्रदेशमा सरकार निर्माणको सन्दर्भमा पार्टीको रणनीति तय गर्ने र आवश्यक निर्णय लिने छ ।
प्रकाशित मिति: शुक्रबार, असोज २६, २०८० ११:५३