News Griha :: न्यूजगृह
चितवन पुगेर प्रधानमन्त्री प्रचण्डले भने— कोशीमा गठबन्धनकै सरकार बन्छ, कार्कीजी हामी सबैको मुख्यमन्त्री
चितवन पुगेर प्रधानमन्त्री प्रचण्डले भने— कोशीमा गठबन्धनकै सरकार बन्छ, कार्कीजी हामी सबैको मुख्यमन्त्री शनिबार चितवनस्थित भरतपुर विमानस्थलमा पत्रकारसँग उनले नेकपा एमालेका सांसदहरूको समर्थनमा मुख्यमन्त्री बनेका कार्की आफूहरूको पनि मुख्यमन्त्री भएको बताएका हुन् । ‘अहिले कार्कीजी मुख्यमन्त्री बन्नुभएको छ। अब उहाँ हामी सबैको पनि मुख्यमन्त्री हुनुभयो। त्यसकारण त्यो समस्या जसरी सोचिएको र मिडियामा जसरी चर्चा परिचर्चा भएको छ, अब सेफ ल्यान्डिङ गरिएको छ,’ उनले...
प्रचण्ड, देउवा र कोइरालाबीच एक बुँदे सहमति, गठबन्धन कमजोर हुन नदिने प्रतिवद्धता
प्रचण्ड, देउवा र कोइरालाबीच एक बुँदे सहमति, गठबन्धन कमजोर हुन नदिने प्रतिवद्धता कोशीको विषयमा छलफल गर्न शनिबार बिहान प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बालुवाटारमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेता शेखर कोइरालासँग छलफल गरेका थिए । छलफलपछि कोशीमा भएको राजनीतिक घटनाक्रमबाट गठबन्धनलाई कमजोर हुन नदिने सहमति भएको हो ।
कोशी प्रदेशको मुख्यमन्त्रीमा केदार कार्की नियुक्त
कोशी प्रदेशको मुख्यमन्त्रीमा केदार कार्की नियुक्त प्रदेश प्रमुखको कार्यालयमा भएको सनाखतका क्रममा उनले बहुमत जुटाएका हुन् । कार्कीको पक्षमा ४७ जना सांसदले हस्ताक्षर गरेका छन् । मुख्यमन्त्रीका लागि केदार कार्कीसँगै माओवादी केन्द्रका इन्द्र आङ्बो पनि दाबी गरेका थिए । शुक्रबार दुवै आकाङ्क्षीको पक्षमा ४७-४७ सांसद्को समर्थन देखिएको भन्दै प्रदेश प्रमुख परशुराम खापुङले शनिबार बिहान ८ बजेदेखि...
कोशीमा कार्की पक्षको सनाखत जारी, आङ्बो पक्ष नजाने
कोशीमा कार्की पक्षको सनाखत जारी, आङ्बो पक्ष नजाने कोशी प्रदेशको मुख्यमन्त्रीमा दाबी गरेका सत्तारुढ गठबन्धनका उम्मेदवार र समर्थक सनाखतका लागि नआउने भएका छन् । नेपाली कांग्रेसबाट विद्रोह गर्दै शेखर कोइराला समूह एमालेसँग मिलेका कारण गठबन्धन उम्मेदवार र उनका समर्थक हस्ताक्षर सनाखतका लागि नआउने भएका हुन् ।
लम्बियो संसद्को चालु अधिवेशन
लम्बियो संसद्को चालु अधिवेशन सरकारले संसद् सचिवालयलाई संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसको सम्भावित नेपाल भ्रमण र सदनको सम्बोधनका लागि अधिवेशन अन्त्य नगर्ने जानकारी दिएको छ । यसअघि सरकारले आज (असोज २७) नै महासचिव गुटेर्रेसले संघीय संसद्को बैठकलाई सम्बोधन गर्ने गरी अनौपचारिक तयारी थालेको थियो तर, इजरायलमाथि हमासको आक्रमणपछि गुटेर्रेसको सो भ्रमण स्थगित भएको थियो ...
मुख्यमन्त्री नियुक्तिको लागि कोशीमा आज सांसदको हस्ताक्षर सनाखत
मुख्यमन्त्री नियुक्तिको लागि कोशीमा आज सांसदको हस्ताक्षर सनाखत कोशी प्रदेशको मुख्यमन्त्रीको दाबी गर्दै दुवै पक्षले ४७ सांसदको हस्ताक्षर लिएर गएपछि प्रदेश प्रमुख परशुराम खापुङले सनाखतका लागि सांसदहरूलाई शनिबारको समय दिएका छन् । प्रदेश प्रमुख खापुङले शनिबार बिहान ८ देखि दिउँसो २ बजेसम्मका लागि प्रदेशसभाका दुवैतिर हस्ताक्षर गर्ने सबै सांसदलाई सनाखतका लागि बोलाएका हुन् । 
हामीले राम्रो काम गर्ने बित्तिकै विरोधीहरूको टाउको दुख्छ : ओली 
हामीले राम्रो काम गर्ने बित्तिकै विरोधीहरूको टाउको दुख्छ : ओली  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूहरूले राम्रो काम गर्ने बित्तिकै विरोधीहरूको टाउको दुख्ने गरेको दोहोर्‍याएका छन् । शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले इमान र सत्यको शत्रु आफ्नो विरोधी रहेका भन्दै समृद्धिको काम गर्ने बित्तिकै तिनीहरूको टाउको दुख्ने गरेको बताएका हुन् ।
कोशी मुख्यमन्त्रीमा समर्थन गर्ने सांसदहरूको सनाखत भोलि
कोशी मुख्यमन्त्रीमा समर्थन गर्ने सांसदहरूको सनाखत भोलि नेकपा माओवादी संसदीय दलका नेता इन्द्र आङ्बो र नेपाली कांग्रेसका प्रदेश सभा सदस्य केदार कार्कीले मुख्यमन्त्रीमा दाबी पेश गरेका छन् । आङ्बाले कांग्रेसहित चार दलका नेताको समर्थन पेश गरेका छन् भने कार्कीले कांग्रेसका ८ र एमालेका ३९ प्रदेशसभा सदस्यको हस्ताक्षर बुझाएका छन् । मुख्यमन्त्रीमा दाबी पेश गर्ने समय सकिएपछि कार्कीलाई...
कांग्रेस बैठकमा कोइराला गएनन्
कांग्रेस बैठकमा कोइराला गएनन् कोशी प्रदेशको मुख्यमन्त्रीका लागि पार्टीभित्र विद्रोह गरेपछि आगामी रणनीति तय गर्ने बसेको बैठकमा नेता शेखर कोइराला अनुपस्थित भएका छन् । पार्टीको कार्यसम्पादन समितिको बैठकमा कोइराला अनुपस्थित भएपछि शनिबार बिहानसम्म छलफलका लागि उनलाई पर्खिने निर्णय भएको छ ।
कोशी प्रकरण : कांग्रेस नेताहरू धुम्बाराहीमा
कोशी प्रकरण : कांग्रेस नेताहरू धुम्बाराहीमा कोशी प्रदेशको मुख्यमन्त्री चयनका सम्बन्धमा पार्टीभित्रै विवाद देखिएपछि त्यसबारे छलफल गर्न देउवाले कार्यसम्पादन समितिको बैठक बोलाएका हुन् । यसअघि सभापति देउवाले प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग बालुवाटार पुगेर छलफल गरेका थिए ।
कांग्रेस नेता कार्कीलाई मुख्यमन्त्री नियुक्ति माग गर्दै ४७ सांसद पुगे प्रदेश प्रमुखको कार्यालय
कांग्रेस नेता कार्कीलाई मुख्यमन्त्री नियुक्ति माग गर्दै ४७ सांसद पुगे प्रदेश प्रमुखको कार्यालय कोशी प्रदेश सभाका ४७ जना सांसद नेपाली कांग्रेसका नेता केदार कार्कीलाई मुख्यमन्त्री नियुक्ति माग गर्दै  प्रदेश प्रमुख परशुराम खापुङ्गको कार्यालय पुगेका छन् ।
कांग्रेसलाई एकताबद्ध नगरे इतिहासले सराप्छ : आरजु राणा
कांग्रेसलाई एकताबद्ध नगरे इतिहासले सराप्छ : आरजु राणा नेपाली कांग्रसकी नेतृ आरजु राणा देउवाले कांग्रेसलाई एकताबद्ध गरेर अगाडि नबढे इतिहासले कांग्रेस नेतृत्वलाई सराप्ने बताएकी छिन् । 
Weather Update