News Griha :: न्यूजगृह
कांग्रेस नेता कार्कीलाई मुख्यमन्त्री नियुक्ति माग गर्दै ४७ सांसद पुगे प्रदेश प्रमुखको कार्यालय

विराटनगर— कोशी प्रदेश सभाका ४७ जना सांसद नेपाली कांग्रेसका नेता केदार कार्कीलाई मुख्यमन्त्री नियुक्ति माग गर्दै  प्रदेश प्रमुख परशुराम खापुङ्गको कार्यालय पुगेका छन् ।

संविधानको धारा १६८ (५) अनुसार सरकार गठनका लागि लागि दाबी पेस गर्न प्रदेश प्रमुखले दिएको समय सकिएसँगै उनीहरु प्रदेश प्रमुखको कार्यालय पुगेका हुन् ।

कार्कीले आफ्नो दल कांग्रेसका ८ र एमालेका ३९ प्रदेश सांसदको हस्ताक्षरसहित दाबी पेस गरेका छन् ।

केन्द्रीय सत्ता गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्र संसदीय दलका नेता इन्द्र आङ्बोले पनि मुख्यमन्त्री दाबी प्रस्तुत गरेका छन् । तर नेपाली कांग्रेसले आफ्नै नेतृत्वमा प्रदेश सरकार बनाउनुपर्ने भन्दै आङ्बोलाई समर्थन गरेका छैनन् ।
 

प्रकाशित मिति: शुक्रबार, असोज २६, २०८०  १७:२२
Weather Update