एनआरएनएको एघारौँ महाधिवेशन आजबाट, राष्ट्रपतिले उद्घाटन गर्दैमंगलबार, असोज ३०, २०८०

नेपाली सेनामा पूर्वलडाकु भावी प्रधानसेनापति बन्दै छन् ?, के भन्छन् रक्षामन्त्री ? सोमबार, असोज २९, २०८० सोमबार काठमाडौैंमा आयोजित ‘नेपालमा इन्टरनेट र मिथ्या सूचना, लोकतन्त्र र प्रेस स्वतन्त्रतामा चुनौती’ विषयक कार्यक्रमलाई सम्बोधन गर्दै उनले सहायक रथी यमबहादुर अधिकारीलाई भावी प्रधानसेनापति बनाउने विषयलाई जोडेर भ्रम छर्ने काम भएको भन्दै नेपाली सेनाको ऐन र विधान भन्दा बाहिर गएर सरकारले कुनै काम नगर्ने बताएका हुन् ।

कोशीका मुख्यमन्त्री कार्कीले बुधबार विश्वासको मत लिने सोमबार, असोज २९, २०८० कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले बुधबार (कात्तिक १ गते) विश्वासको मत लिने भएका छन् । कार्कीले विश्वासको मत लिने सूचना प्रदेश सभालाई सोमबार दिएका छन् ।यसअघि असोज २० गते स्थगित भएको प्रदेश सभाको बैठक कात्तिक १ गतेका लागि बोलाइएको छ । मुख्यमन्त्री कार्कीले आइतबार शपथ लिएका थिए ।

सबै दलले देश र जनतालाई केन्द्रमा राख्न नसक्दा राजनीतिक अस्थिरता बढ्यो : अध्यक्ष भट्टराई सोमबार, असोज २९, २०८० नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा.बाबुराम भट्टराईले दलहरुले देश र जनतालाई केन्द्रमा राखेर काम गर्नुपर्ने बताएका छन् ।

कोशी प्रदेश सभा बैठक आह्वान सोमबार, असोज २९, २०८० कोशी प्रदेश सभाको बैठक कात्तिक १ गतेका लागि बोलाइएको छ ।प्रदेश सभा सचिवालयले सोमबार एक सूचना जारी गर्दै कात्तिक १ गते बुधबार दिनको ११ बजेका लागि बैठक बस्ने सूचना जारी गरेको हो ।

मुलुकको परिवर्तनका लागि योगदान गर्ने सबै नेताको योगदानलाई सम्मान गर्छौं : सभापति लामिछाने सोमबार, असोज २९, २०८० राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफू र आफ्नो पार्टीले मुलुकको परिवर्तनका लागि योगदान गर्ने सबै नेताको योगदानप्रति उच्च सम्मान र कदर गर्ने बताएका छन् ।

एकीकृत समाजवादीका नेता खनाल चीन प्रस्थान सोमबार, असोज २९, २०८० एकीकृत समाजवादीका केन्द्रीय विदेश विभाग सचिव डा. शङ्कर खतिवडाका अनुसार खनालले अक्टोबर १८ मा आयोजना हुने तेस्रो बीआरएफ फोरमलाई सम्बोधन गर्नेछन् ।

समाजवादी मोर्चाको सन्देश सभा आज धनगढीमा सोमबार, असोज २९, २०८० भदौ १३ गते पहिलो पटक र २६ भदौमा दोस्रो पटक स्थगित गरिएको कार्यक्रम आज हुन लागेको हो । दिउँसो साढे १ बजेबाट धनगढीमा सन्देश सभा सुरु गरिने नेकपा एकीकृत समाजवादीकी केन्द्रीय सचिव तथा सुदूरपश्चिम प्रदेश इन्चार्ज गरिमा शाहले जानकारी दिइन् ।

रास्वपाले आजदेखि ‘नीति मन्थन’ कार्यक्रम गर्ने सोमबार, असोज २९, २०८० सोमबार र मंगलबार हुने नीति माथिको बहसका लागि सातवटा विषय छुट्याइएको छ। फरक फरक विषयका जानकारसँग पार्टीले विचार मन्थन गर्ने प्रवक्ता मुकुल ढकालले जानकारी दिए ।

गठबन्धन सरकार नढल्ने नेता नेपालको दाबी आइतबार, असोज २८, २०८० वीरेन्द्रनगरमा आइतबार आयोजित समाजवादी जागरण अभियानलाई सम्बोधन गर्दै नेपालले गठबन्धन सरकार ढाल्न धेरै प्रयास भइरहेको तर त्यो सम्भव नहुने बताए । उनले भने, 'कोशी प्रदेशको मुद्दालाई लिएर सरकार ढल्छ भन्ने कसैले सोचेको छ भने त्यो भ्रम हो । गठबन्धन सरकार ढाल्न कसैले सक्दैन ।'

पूर्वअर्थमन्त्री पौडेल भन्छन्— अर्थतन्त्र उकास्न सरकारले ठोस कदम चाल्न सकेन आइतबार, असोज २८, २०८० नेकपा एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेलले अर्थतन्त्र उकास्न सरकारले ठोस कदम चाल्न नसकेको आरोप लगाएका छन् । बुटवलमा आइतबार पत्रकारसँग पूर्वअर्थमन्त्रीसमेत रहेका उपाध्यक्ष पौडेलले मुलुकको अर्थतन्त्रको चिरफार गर्नुपर्नेमा जोड दिए ।

नयाँ पार्टीमासमेत देश बनाउने भिजन भएन : एमाले उपाध्यक्ष पाण्डे आइतबार, असोज २८, २०८० नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले, अहिले सरकार परिवर्तन कुनै ठुलो कुरा नभएको बताएका छन् । आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले सरकार परिवर्तन गर्नुभन्दा धेरै गुना गारो अर्थतन्त्र परिवर्तन गर्नु भएको बताए ।

कोशीमा मध्यावधि निर्वाचनको चिन्ता सकियो, आगामी दिनमा सहमतिको सरकार बन्छ : मुख्यमन्त्री कार्की आइतबार, असोज २८, २०८० आफ्नो नेतृत्वमा सरकार बनेपछि प्रदेशको राजनीतिक संकट समाधान भएको दाबी पनि उनले गरे ।उनले भने, ‘प्रदेश सभा विघटन हुन्छ कि मध्यावधि हुन्छ कि भन्ने चिन्ता थियो तर अब यी सबै चिन्ता सकिएको छ ।’प्रदेशमा देखिएका सामाजिक, साँस्कृतिक विषय वार्ताद्वारा समस्या समाधान गर्ने प्रतिबद्धता मुख्यमन्त्री कार्कीले जनाए ।